Nepal Times
Nepal Times
3
Shares

दीपेन्द्रको कप्तानीमा यू-१९ क्रिकेट टोलीको घोषणा

दीपेन्द्रको कप्तानीमा यू-१९ क्रिकेट टोलीको घोषणा

एसीसी यू-१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ ।

मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् । यसअघि सन्दिप लामिछानेले टोलीको कप्तानी गर्दै आएका थिए ।

अघिल्लो महिना यू-१९ विश्वकपको छनोट चरण खेल्न सिंगापुर पुगेको टोलीबाट ४ खेलाडी परिवर्तन गरिएको छ । पछिल्लो पटक टोलीमा रहेका ललितनारायण राजवंशी, प्रकाश केसी र रिजन ढकाल यसपटक वैकल्पिक खेलाडीमा परेका छन् भने आदील खान टोलीमा अटाएनन् । सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसाल टोलीमा परेका नयाँ खेलाडी हुन् ।

छनोट टोलीमा राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र यू-१९ टोलीका प्रमुख प्रशिक्षक विनोद दास रहेका छन् ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान रहेका छन् । समूह ‘बी’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी यू-१९ एसिया कपका लागि छनोट हुनेछन् । टोली २३ भदौमा मलेसिया प्रस्थान गर्दैछ ।

पूर्ण टोली :
१. दिपेन्द्र सिंह ऐरी (कप्तान)
२. सन्दिप लामिछाने
३. मोहम्मद आसिफ शेख
४. सन्दिप सुनार
५. प्रनित थापा मगर
६. अनिलकुमार शाह
७. पवन सर्रा
८. रोहितकुमार पौडेल
९. किशोर महतो
१०. शाहव आलम
११. नन्दन यादव
१२. विक्रमकुमार भुसाल
१३. सन्दिप जोरा
१४. सुमित महर्जन

वैकल्पिक खेलाडी :
१.कमल सिंह ऐरी
२.ललितनारायण राजवंशी
३.प्रकाश केसी
४.रिजन ढकाल

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.