×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झिनो अङ्कले बढ्यो नेप्से

५ कार्तिक २०७६

५ कात्तिक, काठमाडौँ । 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ ।

Advertisement

कारोबार रकम सोमबारकै हाराहारीमा रहेको छ । कूल १५५ कम्पनीको ६ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबार भएका छन् । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये छ उपसमूहको शेयर बढेको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत् १.३७, उत्पादन ९.४५, लघुवित्त १.२७, जीवन बीमा १९.०६ विन्दुले बढेको छ ।

यस्तै होटल ७.९९, वित्त ०.३, निर्जीवन बीमा १७.७१, अन्य ३.४३ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ३२ लाख २३ हजार ५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै प्रभु बैंक रु एक करोड तीन लाख १५ हजार ६०३, एनआईसीएशिया बैंक रु ९४ लाख ६३ हजार ८४६, एभरेष्ट बैंक रु ८६ लाख ९८ हजार १७, एनसीसी बैंक रु ६१ लाख ७१ हजार ५०७, नेपाल इन्भेस्टमेन्ट बैंक रु ५८ लाख ६० हजार ६१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार लक्ष्मी इक्विटी फण्ड ५.३०, हिमालयन डिस्टिलरी ३.९९, सूर्या लाइफ इन्स्योरेन्स ३.४६, सिद्धार्थ इन्स्योरेन्स २.९४ र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.५६ प्रतिशतले कमाए ।

Advertisement

यस्तै, एभरेष्ट बैंक लिमिटेड ४.९६, रिलायन्स फाइनान्स ४.४२, सगरमाथा इन्स्योरेन्स ४.०७, आशा लघुवित्त वित्तीय संस्था ४.०५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.९६ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाए ।रासस

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top