Nepal Times
Nepal Times
3
Shares

तेस्रो चरनको निर्वाचन ।

तेस्रो चरनको निर्वाचन ।

(निर्वाचन आज)
प्रदेश नम्बर २ का ८ वटा जिल्लामा आज स्थानीय तहको निर्वाचन कार्यक्रम अनुसार मतदान सम्पन्न भएको छ । तेस्रो चरणको स्थानीय तहको चुनावअन्तर्गत आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा बिहान ७ बजेदेखि अहिले ५ बजेसम्म मतदान भएको हो । मतदानको निर्धारित समय सकिएपनि केही केही स्थानमा भने लाइनमा बसेकाहरुले मतदान गरिरहेको जनाईएको छ । आठ जिल्लामा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेद्वार चुनावी मैदानमा छन् । यसैबीच सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–१५ मा असोज ५ गते मतदान हुने भएको छ । साबिक देउरीभरुवा गाउँ विकास समितिको पूर्व अध्यक्ष समेत रशेका राष्ट्रिय जनता पार्टीका तर्फबाट वडा नम्वर–१५ मा अध्यक्षमा उम्मेदवारी दिएका महन्थी यादवको शनिवार साँझ मृत्यु भएपछि चुनाबको मिति सारीएको हो । ६२ वर्षिय यादवको ब्लड क्यान्सरबाट मृत्यु भएको उहाँका आफन्तले जानकारी दिएका छन । उक्त वडामा असोज ३ गते उम्मेदवारी दर्ता तथा असोज ५ गते मतदान हुने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

 

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.