तेह्रथुम, २ असोज
(दशैं कपडा)
यसपालिको दशैंमा तेह्रथुममा कपडाको कारोबारमा वृद्धि भएको छ । जिल्लाभित्रका अधिकांश पसलमा कपडा किनमेल गर्नेहरुको भीडभाड बढेको हो । तेह्रथुमभित्रका बजारमा किनमेल गर्नेको चाप पोहोरसालको भन्दा धेरै बढेको हो । नजिकिँदै गरेको दशैंमा जिल्लाको वसन्तपुर, म्याङलुङ, जिरिखिम्ती, शुक्रबारे, संक्रान्तिलगायतका ग्रामीण बजारमा समेत कपडा किन्न आउने ग्राहकहरु बढिरहेका छन् । दशैंको मुखमा रेडिमेट कपडाका सामान किन्न आउने ग्राहकको संख्या अत्यधिक बढेकाले मागे जति समान पु¥याउन नसकिएको कोइराला कपडा पसलका संचालक जनक कोइरालाले बताउनुभयो । एक हप्तायता पहिलेको तुलनामा ९० प्रतिशत बढीले रेडिमेट कपडाको कारोबार भएको व्यापारीहरुले वताएका छन् ।