Nepal Times
Nepal Times
3
Shares

विश्व शान्ति दिवसको अवसरमा इनरुवामा मैत्रीपूर्ण फुटबल

विश्व शान्ति दिवसको अवसरमा इनरुवामा मैत्रीपूर्ण फुटबल

इनरुवा, असोज ५
विश्व शान्ति दिवसको अवसरमा इनरुवामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

यूएनडिपीको सामाजिक सद्भाव कार्यक्रम लागू रहेको सुनसरीको साविक चाँदबेला र नरसिंह गाविसका युवाबीच मैत्री पूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

नगरप्रमुख राजन मेहताले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । आपसी सम्बन्ध र सामाजिक सद्भाव अभिवृद्धिका लागि दुई भिन्न समुदाय र गाउँबीच प्रतियोगिता आयोजना गराइएको यूएनडिपीका सामाजिक सद्भाव कार्यक्रमका क्षेत्रीय निर्देशक राजेन्द्र सुब्बाले जानकारी दिए ।

यसैगरी, विश्व शान्ति दिवसकै अवसरमा इनरुवामा रहेको महानन्द बाटिकामा वृक्षारोपण गरिएको छ । नगरप्रमुख राजन मेहतासहितको उपस्थितिमा विभिन्न प्रजातिका विरुवा रोपिएका छन् ।

उक्त पार्कको निश्चित क्षेत्रलाई सामुदायिक विकास संस्था र संकल्प सिबिआरको समन्वयमा युएनडिपीले सद्भाव बाटिकाका रुपमा विकसित गर्ने जिम्मा लिएको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.