Nepal Times
Nepal Times
3
Shares

तेकिएकै मितिमा चुनाव हुने निश्चित, चारवटा मतपत्र बनाउनु नपर्ने सर्वोच्चको फैसला

तेकिएकै मितिमा चुनाव हुने निश्चित, चारवटा मतपत्र बनाउनु नपर्ने सर्वोच्चको फैसला

काठमाडौं, कात्तिक १ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि छुट्टाछुट्टै चार वटा मतपत्र बनाउन नपर्ने भएको छ ।

छुट्टाछुट्टै चार वटा मतपत्र बनाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि अब आयोगले अहिले छापिरहेका दुई वटा मतपत्रबाटै चुनाव हुने भएको हो ।

दुई तहको चुनावका लागि छुट्टाछु्ट्टै मतपत्र बनाउनुपर्ने मागसहित राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटमा न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको हो ।

निर्वाचन आयोगले संघ र प्रदेशका लागि प्रत्यक्षतर्फको एउटा पानामा र समानुपातिकतर्फ अर्को पानामा दुई/दुईवटा मतपत्र छाप्न थालिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गते हुँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.