ए डिभिजन लिगः पहिलो हाफ सकिँदा आर्मी र पुलिस बराबरीमा

ए डिभिजन लिगः पहिलो हाफ सकिँदा आर्मी र पुलिस बराबरीमा

१९ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबविचको खेल जारी छ ।

पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको छ । खेलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । यस खेलमा जित दर्ता गरे आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । पुलिस पनि जितसँगै शीर्ष हाफमा फर्कन चाहन्छ ।

यसैविच, आजै भएको पहिलो खेलमा नाइजेरियन फरवार्ड अजायी मार्टिन्स कायोडेको गोलमा संकटा क्लबले लिगमा हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ ।

खेलको २१ औं मिनेटमा मार्टिन्सले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । उनले क्षितिज राज जिटीको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।

यस जितसँगै संकटा अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । संकटाको १० खेलमा ४ जित, ३ बराबरी र ३ हारसँगै १५ अंक भएको छ । यता शेर्पा भने १० खेलमा ७ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.