Nepal Times
Nepal Times
3
Shares

वाम तालमेल देश र जनताको आवश्यकता ः प्रचण्ड

वाम तालमेल देश र जनताको आवश्यकता ः प्रचण्ड

चितवन,कार्तिक १३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवन शाखाले सोमबार चितवनमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताए ।

उनले वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको स्पष्ट पारे ।

पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएकोमा जोड दिए ।

संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उहाँले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको उल्लेख गरे । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उनको भनाइ थियो ।

चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो ? भन्ने पत्रकारको जिज्ञाशामा दाहालले यो चितवनका जनताले फैसला गर्ने विषय रहेको जवाफ दिएका थिए ।

निर्वाचन नहुने भन्ने शंका नगर्न आग्रह गर्दै उनले निर्वाचन आयोगले दुईवटा मतपत्र प्रयोग गर्ने भनिसकेपछि अब समस्या नरहेको प्रष्ट पारे ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.