Nepal Times
Nepal Times
3
Shares

झापाको हल्दीबारीमा हात्ति आतंक

झापाको हल्दीबारीमा हात्ति आतंक

झापा , कार्तिक १३
झापाको हल्दिबारीमा आइतबार राति जंगली हात्तीले एउटा घर भत्याईदिएको छ । हल्दिवारी गाँउपालिका २ स्थित भेलागढी सामुदायिक वन छेऊ नजिकै रहेको मीना जवेगुको घरमा हात्तीले क्षति पुर्याएको हो ।

राती पाराखोपी पश्चिमवाट स्थानीयले खेदाएपछि अतालिएर आएका दुई बच्चासहित चारवटा हात्तीले जवेगुको घरमा क्षति पुर्याएको छ ।हात्तीले भण्डार कोठा भत्काएर अन्नबाली नष्ट गर्नुका साथै भाडाकुडा लगायतको सामग्रीमा क्षति पुर्याएको घरधनी जवेगुले बताए ।

हात्ती आएको होहल्ला चलेपछि छरछिमेक र आफुलेसमेत घर छाडेर ज्यान बचाएको उनले बताए । कोठामा रहेको तीन बोरा चामल, तेल, आटा खाएको छ भने भाडाकुडा कामै नलाग्ने गरि क्षति पुर्याएको छ ।

छिमेकमा रहेको ट्रयाक्टरको सहायताले हात्ती खेदाएको गाउँलेको भनाई छ । हात्ती आएको वेला कहिल्यै पनि समयमा वनको गाडी नआएकोप्रति स्थानीयले गुनासो समेत गरेका छन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.