Nepal Times
Nepal Times
3
Shares

पूर्व माओवादी सभाषद ढुंगले पक्राउ

पूर्व माओवादी सभाषद ढुंगले पक्राउ

काठमाडौं, कार्तिक १४
सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

पक्राउका विषयमा प्रहरीले भने पुष्टि गरेको छैन । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् ।

पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ ।

यो मुद्दा परे लगत्तै ढुंगेल पक्राउ परेका हु्न् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए ।

उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् । ढुंगेलको सजाय माफीका लागि तत्कालीन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.