Nepal Times
Nepal Times
3
Shares

यु–१९ एसिया कप छनौटमा नेपाल किर्गिस्तानसँग २–० ले पराजित

यु–१९ एसिया कप छनौटमा नेपाल किर्गिस्तानसँग २–० ले पराजित

काठमाडौं, कात्तिक १४
उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको छ । खेलको २१ औँ मिनेटमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २–० ले पराजित भयो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपालले १६ गते बहराइन, १८ गते युएई र २२ गते ओमन सँग खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.