११ चैत, काठमाडौं ।
सरकारले लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले आज एक दिनका लागि नेपाल आउन दिने निर्णय गरेको हो । बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ।

भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि त्यहाँ तनाव समेत भएको थियो ।

नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए। खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top