११ चैत, काठमाडौँ ।
राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोलीलाई खटाएको बताए ।

राजविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगका लागि सेना खटाइएको बताउँदै भने, ‘हामीलाई माथिल्लो निकायको आदेश अनुसारलकडाउनमा सहयोगका लागि खटाइएको हो।’

उनका अनुसार सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमान नगरमा सेना खटाइको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top