१३ चैत, ईलाम । इलामको रोङ गाउँपालिका १ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी छन् ।

रोङ गाउँपालिका ४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाईएको छ ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरेको थियो । उनको शव परीक्षणका लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top