१४ चैत,विराटनगर ।
लकडाउनमा बसेका जनतालाई अत्यावश्यक सामग्री एवम् खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकार र प्रदेश सरकारले विभिन्न वितरक संघसंस्थासँग समन्वय गरी अत्यावश्यक सामग्रीको वितरणमा सहज बनाउने काम सुरु गरेका छन ।
मंगलबारदेखि कोराना भाइरस संक्रमण र रोकथामका लागि गरिएको लकडाउनका कारण आम नागरिक घरमा नै बस्छ बाध्य छन् । १९ गतेसम्म लकडाउनको मिति तोकिए पनि भारतमा तीन हप्ता लकडाउन गरिएसँगै नेपालमा पनि समय थपिने सम्भावना बढेसँगै खाद्यान्न र अत्यावश्यक सामग्री अभाव पूर्ति गर्न स्थानीय सरकार लागिपरेका हुन ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरवासीले आफूलाई आवश्यक खाद्यान्न, तरकारी, फलफूल, दूध एवम् अत्यावश्यक सामग्रीका लागि भाटभटेनी सुपर मार्केट, सेन्ट्रल महल, आरके सिटी सेन्टर, गुद्री डटकमसँग समन्वय गरी खरिद गर्न सकिने व्यवस्था मिलाएको बताए ।
यसका लागि ती कम्पनहिरुले जारी गरेका सम्पर्क नम्बरमा सम्पर्क गरी सामान अर्डर गर्नुपर्ने छ । स्थानीयले ती संस्थासँग सम्पर्क गरी घरमा नै मगाउन सक्ने उनले बताए । लकडाउनको पूर्ण कार्यान्वयनका लागि प्रशासनले कडाई गरेको छ । स्वास्थ्य जाथेखिमको अवस्थामा घर बाहिर निस्कनु नपरोस भनेर आवश्यक खाद्य वस्तुको घरमै आपूर्तिको ब्यवस्थापन गरिएको बताइएको छ ।