१७ चैत, काठमाडौं । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले यस वर्षको क्रिकेट अवार्ड स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड(१९) का कारण उत्पन्न खराब परिस्थितिलाई मध्यनजर गर्दै अवार्ड स्थागित गरिएको सिप्यानले जनाएको छ ।
अवार्डको अर्को संस्करण सन् २०२१ मा हुने सिप्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसैबीच अवार्डमा वितरण गर्न लागिएको रकम सिप्यानले सरकारलाई दिने भएको छ।
वर्ष क्रिकेट खेलाडी (पुरुष,महिला), उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम एचिभमेन्ट अवार्डमार्फत प्रदान गरिने चार लाख ६२ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरिने सिप्यानले जनाएको छ ।