विराटनगर, १५ कार्तिक
रंगेली नगरपालिकाका मेयर दिलिप बगाडियाले आफ्नो नाममा रहेको जग्गा मिचेको आरोप लगाउदै जग्गाधनी चन्द्रसेन शर्माले न्यायका लागि हार गुहार गरेका छन् ।
काठमाण्डौँमा बसोबास गर्दै आएका चन्द्रशेन शर्माले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै साविसकको सोराभाग गाविस स्थित बगडियाको इटाभट्टा नजिकै रहेको जग्गामा जबरजस्ती पक्कि पिलर गाडिएको आरोप लगाउदै न्यायका लागि हारगुहार गरेका हुन् ।
शर्माले साविक सोराभाग ९ (क) को कित्ता नम्बर ८ को २० विघा १४ कट्ठा १० धुर जगा मध्ये अंश बण्डामा ९ विघा ९ कट्ठा १० धुर आफुले पाएको र अन्य जग्गा भाइहरु शशि र महाविरले पाएकामा उनीहरुले पाएको जग्गा बगडियालाइ विक्रि गरेको र अहिले सो जगामा इटा भट्टा रहेको बताए ।
शर्माले आफ्ना भाइहरुले जग्गगा विक्रि गरेको भएपनि आफ्नो र परिवारको नामको जग्गा यथावत रहेकाले आफुहरुविच कुनैपनि मतभेद नरहेपनि एक्कासि आफुले खेतिगर्दै आएको आफ्नै जग्गामा पिलर गाडेर मेयर बगडियाले धम्क्याउने गरेको आरोप लगाए ।
उनले मेयर बगडियाले आफु मेयर पदमा रहेकाले उक्त पिलर हटाउने जोकोहिलाइ पनि ज्यानमार्ने धम्कि दिएको आरोप समेत लगाएका छन् । शर्माले आफ्नो जग्गामा जबरजस्ति गाडिएको पिलर हटाएर आफ्नो हक कायम गरिदिन माग समेत गरेका छन् ।