Nepal Times
Nepal Times
3
Shares

वाम विद्यार्थी परिचालन कमिटी गठन

वाम विद्यार्थी परिचालन कमिटी गठन

काठमाडौँ, १५ कात्तिक
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आज बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ ।

दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा भएको बैठकले मुलुकको आर्थिक विकास र सृमद्धिका लागि वाम उम्मेदवारलाई विजयी बनाउन दुवै संगठन क्रियाशील भई अगाडि बढने निर्णय गरेको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई जिताउन अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामालाई बैठकले जिम्मेवारी दिइएको छ ।

दुवै संगठनका आज साँझ हुने विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण समेत दिने कार्यक्रम छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.