अब महिला युरोकप सन् २०२२ को जुलाईमा हुने

अब महिला युरोकप सन् २०२२ को जुलाईमा हुने

१० वैशाख, काठमाडौं । महिला युरोकप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरोकप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो ।युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुनेछ ।

महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.