Nepal Times
Nepal Times
3
Shares

१५ जनालाई विष मिसाएको लस्सी दिएर मारेको आरोपमा पाकिस्तानमा २ जना पक्राउ

१५ जनालाई विष मिसाएको लस्सी दिएर मारेको आरोपमा पाकिस्तानमा २ जना पक्राउ

पाकिस्तान, १५ कार्तिक
पाकिस्तानीमा एक महिलालाई श्रीमानसहित परिवारका १५ जनालाई विष मिसाएको लस्सी खान दिएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नव विवाहिता महिलाले श्रीमानसहित परिवारका सदस्यलाई लस्सीमा विष मिलाएर दिएको र त्यसकै कारण उनीहरुको ज्यान गएको आरोप लागेको छ ।

हत्याको आरोपमा पक्राउ परेकी महिलाको नाम आसिया बिबी रहेको प्रहरीले जनाएको छ । आसियाले श्रीमानलाई विष राखेको दूध दिएको तर श्रीमानले त्यसबेला दूध पिएका थिएनन् । पछि आसियाकी सासुले त्यही दूध लस्सीमा मिसाएर परिवारका २७ सदस्यलाई दिएकी थिइन् ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एक पुरुषलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति आसियाका प्रेमी रहेको गाउँलेले बताएका छन् । आसियाकी काकीलाई पनि हत्याको योजना बनाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

विष मिसाइएको लस्सी खाएका १५ जनाको ज्यान गएको छ भने अरु १२ जना बिरामी भएका छन् । उनीहरुको मुल्तानमा रहेको अस्पतालमा उपचार भइरहेको छ । २१ वर्षकी आसियाको गएको सेप्टेम्बरमा २५ वर्षका अम्जद अक्रामसँग परिवारले विवाह गराएका थिए ।

आसिया झण्डै दुई महिना माइतीमा नै बसेकी थिइन् । तर परिवारको करमा उनी घर आएकी थिइन् । आसियाले पहिले दूधमा माउसुली खसेको बताएकी थिइन् । तर पछि उनले आफूले नै दूधमा विष मिसाएको स्वीकार गरेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.