×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026
Playing
World News: वार्ता भएको छैन, हाम्रो चेतावनीले ट्रम्प ब्याक डाउन भएः इरान|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती || Nepal Times
Mar 24, 2026
Playing
Top 15 Afternoon News || Mar-24-2026 || Nepal Times
Mar 24, 2026
Playing
America को तेल रिफाइनरीमा ठूलो वि स्फो ट, टेक्सास शहर हल्लि यो || Nepal Times
Mar 24, 2026
Playing
कुन देशले कति तेल भण्डार गरेका छन् ?|| Nepal Times
Mar 24, 2026
Playing
Iran लाई अल्टिमेटम दिएका Trump किन एकाएक वार्तामा फर्किए? || Nepal Times
Mar 24, 2026

संवैधानिक संकट आउन सक्ने महालेखा परीक्षकको चेतावनी

२४ बैशाख २०७७

२४ बैशाख, काठमाडौँ ।
महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताए । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापन सँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले लकडाउनले अर्थतन्त्रमा पारेको असर कमगर्न काम गर्दा संवैधानिक संकट आउन सक्ने खतरा रहेको बताएका हुन्।

उनले भने ‘कोरोना आइसके पछाडि हाम्रो वित्तीय उत्तरदायित्व ऐनको नियमावली पनि छैन् । संसदले हामीलाई के म्याण्डेट दिएको छ भन्दा वित्तीय उत्तरदायित्व ऐनबाट भन्दा खर्च गर्ने र आलेप गर्ने छुट्टै स्ट्रिम हुनुपर्छ एकाउन्ट भित्र भनेको छ । त्यो काम हामीले गर्न सकेका छैनौं । एउटा सानो संबैधानिक संकट आउनसक्ने अवस्था छ । आगामी आर्थिक वर्षमा अडिटको सिलसिलालाई लिएर ।’ कोरोना कोषमा जम्मा भएको करिब २ अर्ब १८ करोड रुपैयाँबाट अहिले सम्म निकासा नगरिएको र ट्रेजरीबाट व्यवस्थापन गरिरहेको अवस्थामा वित्तीय उत्तरदायित्व ऐनको नियमावली नहुँदा समस्या आउन सक्ने मैनालीले बताए । वित्तीय उत्तरदायित्व ऐनले खर्च गर्ने र आलेप गर्ने स्ट्रिम हुनुपर्छ भनेको अवस्थामा नियमावली नहुँदा संकट आउन सक्ने बताएका हुन । उनले प्रदेश सरकारहरुले खोलेको कोरोना कोषबाट भने रकम खर्च भइराखेको बताए ।

Advertisement

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू गरिएपछि सरकारको आम्दानीमा असर परेको मैनालीले बताए । उनले वैशाख २३ गते सम्म ५ खर्ब ९३ अर्ब राजस्व उठेको र ऋण अनुदान समेत गर्दा कुल ६ खर्ब ४६ अर्ब आम्दानी पुगेको बताए । यस्तै भ्याट र अन्तशुल्क समेत लकडाउन भएपछि कम उठेको बताए । जसका कारण सरकारको लक्ष्यमा असर गर्ने र स्थानीय तह एवं प्रदेश सरकारलाई वितरण गर्ने बजेटमा समेत असर पर्ने बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले लकडाउनका कारण अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारी खर्च गर्ने तरिकामा फरक रणनीति अपनाउनुपर्ने बताए । उनले भने ‘बिजनेस एजयुजअल हिसाबले यो समस्या समाधान हुँदैन । अहिले हामीले भूकम्पमा यो गरेका थियौं भन्नेले पनि त्यो नलेजले पनि हामीलाई धेरै कुरा अनुमान गर्नलाई सहयोग गर्छ त्यो नलेजलाई चाहिदैन भनेको होइन् । तर त्यो भन्दा पनि पर छ है यसको कम्लिकेसन चाहिं ।’ यस अघि हुँदै आएको स्थिति अनुसार कुनै समाधान ननिस्कने र भूकम्प लगायतको विपद्को अवस्थामा अपनाएको गतिविधिबाट समेत समस्या समाधान नहुने भएकाले नयाँ रणनीति निर्माण गर्नुपर्ने बताए ।

Advertisement

स्थानीय तहमा विपद व्यवस्थापन सम्बन्धी बजेटको तर्जुमा गर्ने, योजना बनाउने सीप न्यून हुने भएकाले संघीय सरकारले सघाउनुपर्ने अध्यक्ष पौडेलले बताए । त्यसका लागि गाइडलाइनहरु, स्टाण्डर्डहरु, प्राटोकलहरु, मोनिटरिङको फ्रेमवर्क लगायतका कुराहरु बनाउने विषयमा सघाउनुपर्नेमा पौडेलले जोड दिए ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top