Nepal Times
Nepal Times
3
Shares

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

राजविराज, १६ कात्तिक
आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या तीन लाख ३१ हजार ६७९ रहेको थियो । यसको तुलनामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १४ हजार ५३५ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.