३१ बैशाख, भोजपुर ।
भोजपुरको टेम्केमैयुम गाउँपालिका ५ बनापालाका ३१ बर्षीय ममत राई बाटोमा मृत फेला परेका छन् ।
मंगलवार दिउँसो रुमला भन्ने स्थानमा राई मृत अबस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्लाप्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि शवको मुचुल्का तयार गरेको थियो । मृत्युको कारणका विषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

