×

NEPAL TIMES UPDATES

Playing
रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती || Nepal Times
Mar 24, 2026
Playing
Top 15 Afternoon News || Mar-24-2026 || Nepal Times
Mar 24, 2026
Playing
America को तेल रिफाइनरीमा ठूलो वि स्फो ट, टेक्सास शहर हल्लि यो || Nepal Times
Mar 24, 2026
Playing
कुन देशले कति तेल भण्डार गरेका छन् ?|| Nepal Times
Mar 24, 2026
Playing
Iran लाई अल्टिमेटम दिएका Trump किन एकाएक वार्तामा फर्किए? || Nepal Times
Mar 24, 2026
Playing
हर्कुलस विमान ६६ जनाको काल बन्यो ,सैन्य उडान भर्ने बित्तिकै विस्फो*ट|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन || Nepal Times
Mar 24, 2026
Playing
सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष, अन्यका कस्ता छन् ? || Nepal Times
Mar 24, 2026
Playing
Trumpले नै फेक न्युज फैलाए ? इरानी संसद अध्यक्षले गरे वार्ताको खण्डन || Nepal Times
Mar 24, 2026
Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026

लकडाउन थप लम्बिने, मोडालिटी परिर्वतन हुने

३ जेष्ठ २०७७

 ३ जेष्ठ, काठमाडौं । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । समितिको आज बसेको बैठकले जेठ पाँच गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए । जारी लक डाउनको समिक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको उनले बताए ।

Advertisement

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गरेको छ । सचिव विडारीले लक डाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए ।

समितिले शुक्रबार स्वास्थ्यक्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ । अहिलेको अवस्था र लक डाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो । छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए ।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् । विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ । गएको चैत्र ११ गतेदेखि जारी लकडाउनको पछिल्लो अवधि यही ५ गते सकिदैछ ।

Advertisement

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top