Nepal Times
Nepal Times
9
Shares

आखिर किन आत्महत्या ?

          अरुण तामाङ

मानिसको जिवनमा उतार चडाव आइ नै रहन्छ । कहिले सुख त कहिले दुःख, कहिले हाँसो त कहिले आँसु । यस्तै बिभिन्न मनोभाव आउने जाने गरी रहन्छ ।

केहि मानिस खुशीलाई महत्व दिन्छन् र रमाउछन् त केहि मानिस दुःखलाई महत्व दिन्छन अनिनिराश बन्छन् । जो मानिस दुःखलाई निरन्तर्ता दिइ रहन्छन ती मानिस मानसिक समस्याको शिकार हुने मनोवैज्ञानिकहरुको भनाइ रहेको छ । सो निराशापन सगसँगै मानिसहरु डिप्रेसन्, चिन्ता जस्ता विभिन्न मानसिक रोगको पासोमा फस्दछन् जसकारण आफ्नो अमुल्य जिवनको भाव गुमाउने गर्दछन् ।

आफ्नो आमाले ९, ९ महिना सम्मआफ्नो गर्भमा राखेर यस सन्सारमा ल्याएको मेहेनत , बाबाको माया, अनि परिवारको स्नेहलाई बिर्सेर नकरात्मक चाल चाल्न पुग्दछन । त्यसै नकरात्मक चाल चल्दाचल्दै कसैले केहि दुर्घटना निम्त्याउछन त कसैले आफ्नो ज्यान गुमाउँछन् । हो यस्तै नकरात्मक कदमले गर्दा आफ्नो ज्यानको महत्व नबुझेर आफ्नो ज्यान आफैले लिनु नै आत्महत्या हो । जो एक आफैमा नैतिक अपराध हो । जो गर्नु नहुने कार्य हो ।

समय समयमा आत्माहत्या जन्य चेतना कार्यक्रम भइरहेको र बिभिन्न पत्रपत्रिकामा यस्तो कार्य नगर्नु भनि छापिदै आएको पाइन्छ । नेपालामा मात्र सिमित नरहेर विश्वमा नै यसको बारेमा जनचेतना फैलाई रहेको पाइन्छ । अझ यसको रोकथामको निम्ती सेप्टेम्बर १० मा अन्तर्राष्ट्रिय आत्माहत्या रोकथाम संघले, विश्व मानसिक स्वास्थ्य संघ र विश्व स्वास्थ्य सँगठन सँग सहकार्य गरेर आत्माहत्या रोकथाम दिवसको रुपमा मान्ने गर्दछन् ।

यसरी विभिन्न कार्यक्रम , लेख , समाचार आइरहँदा पनि विश्व स्वास्थ्य सँगठन अनुसार १ वर्षमा ८ लाख मानिसहरु आत्माहत्याको बाटो तर्फ मोडिन्छन् र आफ्नो ज्यान गुमाउछन् । त्यस ८ लाख मध्य ५ हजार नेपालीले १ वर्षमा आत्मा हत्याका कारण आफ्नो ज्यान गुमाउछन् । अझ यस महामारीमा नेपाल पुलिसको तथ्यअनुसार ११५ जना सुदुर पश्चिममा, ५८ जना कर्णालीमा , २४२ जना प्रदेश ५ मा, १२१ जना गण्डकी प्रदेशमा , २३१ जना बाग्मती प्रदेशमा, १५२ जना प्रदेश २ मा अनि १८६ जना प्रदेश १ मा मनिसहरुले आत्माहत्याका कारण आफ्नो ज्यान गुमाएको विवरण रहेको छ ।

जसलाई हेर्दा आत्महत्याको क्रम एकदमै बढ्दो रहेको छ । हाम्रै छिमेकी राष्ट्रमा हेर्दा पटक पटक आत्माहत्याको खबर बढ्दो क्रममा आएको पाइन्छ । हालै पनि बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन् । तर आजको समयमा यस कार्यलाई रोक्नु जरुरी छ । यसकालागी अरुको कुरा सुन्नु, आफ्नो कुरा नजिकको मानिस सँग भन्नु जरुरी छ । हरेकको निधान संभव छ भने झै यस बाट निस्कने पनि विभिन्न उपायहरु छन् ।

समस्या हरेक कुरामा हुन्छ । तर त्यस समस्याको समाधान कसरी गर्ने भन्ने कुराले प्रमुख भूमिका खेल्दछ । आत्माहत्या उपाय होईन । यदि तपाइलाई केही समस्या भएमा नजिकको मनिससँग आफ्नो समस्याको बारेमा कुरा गर्नुस । कुरा यतिमा सिमित हुँदैन आफ्नो गोपनियता कायम राख्दै अन्य उपाय पनि लगाउन सकिन्छ । आफ्नो मनमा लागेको कुरा लेख्नु, लेखिएका कागज जलाउनु वा धुजा—धुजा परेर च्यात्नु पनि एक उपायको रुपमा लिन सकिन्छ । आफुलाई गाह्रो भएमा बिभिन्न व्यायम गर्ने वा अन्य विकल्पको बाटो खोज्नु जरुरी छ ।

आजको आधुनिक समयमा, जहाँ विकासको लहर आएको छ र प्रविधिले फड्को मारेको छ । तसर्थ तपाईको हातमा भएको मोबाइल बाट पनि आफ्नो समस्याको समाधान गर्न सक्नुहुन्छ । नेपाल सरकार र विभिन्न संस्थाहरु तपाईको सहयोगको निम्ती हाजिर छन् । त्यसैले आफ्नो मनोबल बढाउन जरुरी छ । तपाईले, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम केन्द्र (१६६००१२२२२३), मेरो साथी हेल्पलाईन (१६६००११९७५६) जस्ता बिभिन्न संस्थाहरुमा सम्पर्क गरेर परमार्श लिनु सक्नुहुन्छ । आत्माहत्या उपाय होईन, त्यसैले आत्महत्या नगरौ । आफु बचौ अनि अरुलाई पनिबचाउ । #Say No to Suicide

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.