नेपल टाइम्स
विराटनगर, कार्तिक १९
विराटनगरमा सम्पन्न सुपर–८ क्रिकेट प्रतियोगिताको उपाधी एक्ट्रीम–११ ले जितेको छ । लियो क्लब अफ विराटनगरको को आयोजनामा विराटनगर स्थित विराट नर्सिङहोको पुर्व पट्टी लायन्स भवन नजिकैको मैदानमा दरैया क्रिकेट क्लब विराटनगर र एक्ट्रीम–११ विच भएको खेलमा एक्ट्रीम–११, २९ रनले विजयी हुँदै उपाधी जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एक्ट्रीम–११ ले निर्धारीत ८ ओभरको खेलमा ४ विकेटको क्षतिमा ८४ रन बनाएको थियो ।
८५ रनको विशल लक्ष्य सहित जवाफि वयाटिङमा उत्रिएको दरैया क्रिकेट क्लबले ७ ओभर ४ बलमा सवै विकेट गुमाइ ५५ रन मात्र बनाउन सक्यो ।
प्रतियोगिताको म्यान अफ दि सिरिज एक्ट्रीम–११ का सिद्धान्त लोहनी घोषित भएभने उत्कृष्ट बलर मेहबुब आलम घोषित भए ।