Nepal Times
Nepal Times
3
Shares

नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव छः वैद्य

नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव छः वैद्य

काठमाडौँ, २१ कात्तिक
नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताउनुभएको छ ।

अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा सय वर्षअघि १९१७ नोभेम्बर ७ गते (अक्टोबरमा क्रान्ति भए पनि पात्रो परिवर्तन भएको)अर्थात आजकै दिन समाजवादी क्रान्ति सम्पन्न भएको थियो । विज्ञप्तिमा भनिएको छ, “माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैँ अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।”

साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको जिकिर विज्ञप्तिमा गरिएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनाको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्नुरहेको नेता वैद्यले जोड दिनुभएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.