१५ साउन, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणका कारण ७ सय ७५ जनाको मृत्यु भएको छ।
यो सँगै भारतमा संक्रमित मृतक संख्या ३५ हजार ३ पुगेको छ। नयाँ थपिएका संक्रमितको संख्या ५२ हजार १ सय २३ छ भने जम्मा संक्रमित संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ।
त्यसमध्ये पाँच लाख २८ हजार २ सय ४२ संक्रिय संक्रमित छन् भने १० लाख २० हजार ५ सय ८२ निको भएर घर फर्किएका छन्।