१५ साउन, काठमाडौं । नेपाल एअरलाइन्सले पहिलो पटक सुडानको लागि उडान गरेको छ ।
नेपाली सेनाको शान्ति मिसनमा जाने सैनिक बोकेर दक्षिण सुडान पुगेको नेपाल एअरलाइन्सको जहाजले फर्कँदा पनि शान्ति मिसनमा रहेका सैनिक ल्याएको छ ।
ओमानको राजधानी मस्कट हुँदै दक्षिण सुडानको राजधानी जुवा गएको नेपाल एअरलाइन्सको जहाजले दुई सय ३८ जना सैनिक लगेको थियो भने फर्कँदा दुई सय ५० सैनिक ल्याएको छ ।
नेपाल एअरलाइन्सको वाइडबडी जहाज मङ्गलबार राति सुडानको लागि उडेको थियो भने बुधबार राति काठमाडौं फर्किएको छ ।