Nepal Times
Nepal Times
3
Shares

यु १९ एसिया कप छनौट ः नेपाल सबै खेलमा पराजित, ओमानले ५–० ले हरायो

यु १९ एसिया कप छनौट ः नेपाल सबै खेलमा पराजित, ओमानले ५–० ले हरायो

काठमाडौं, कात्तिक २२
उन्नाइस वर्षमुनिको एशिया कप फुटबल छनौटमा नेपाल ओमानसँग पनि पराजित भएको छ । किर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । पहिलो हाफमा तीन गोल खाएको नेपालले दोश्रो हाफमा थप दुई गोल खाएको थियो ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रदर्शनमा सुधार हुने बताएका थिए । तर सोचेजस्तो खेल भने हुन सकेन ।

युएई, किर्गिस्तान र बहराइनसँग पराजित भइसकेको नेपालको एशिया कपमा छनौट हुने सम्भावना यसअघि नै सकिएको थियो । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपाल युएईसँग १–० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनौट सम्भावना सकिएको छ ।

नेपाल गएको शनिबार युएईसँग १–० ले, बिहीबार बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा किर्गिस्तानसँग २–० ले हारेको थियो । १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.