Nepal Times
Nepal Times
3
Shares

रासायनिक मल अभाव

रासायनिक मल अभाव

दाङ, २२ कात्तिक
किसानले गहुँखेती शुरु गर्ने सयममा एक सातादेखि रासायनिक मलको अभाव देखिएको छ । मलको आयात नभएका कारण समस्या भएको हो । तुलसीपुर, घोराही र लमहीमा मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभयो । मलको अभाव हुँदा किसानलाई रित्तो हात फर्काउनु परेको उहाँको भनाइ छ ।

“युरिया र डिएपी गोदाममा एक बोरा पनि मौज्दात छैन,” उहाँले भन्नुभयो । जिल्लामा एक हजार मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल आवश्यक पर्छ ।

हाल गहँु, मसुरो, आलु र तरकारीका लागि डिएपी र युरिया मल आवश्यक छ । भैरहवा भन्सार कार्यालयमा मल आयात गरिएको जानकारी पाएको न्यौपानेले बताउनुभयो ।

“समयमै मल नपाउँदा समस्या भएको छ,” मलका लागि तुलसीपुर आउनुभएका किसान यज्ञबहादुर केसीले भन्नुभयो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.