सीपीएल क्रिकेटमा आज सन्दीप आबद्ध जमैकाले ट्रिनबागोसँग खेल्दै

सीपीएल क्रिकेटमा आज सन्दीप आबद्ध जमैकाले ट्रिनबागोसँग खेल्दै

१६ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली बलर सन्दीप लामिछाने आबद्ध क्लब जमैका ताल्लाहवाजले आज मंगलबार ट्रिनबागो नाइट राइडर्ससँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ । ६ खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हारसहित जमैका चौथो स्थानमा रहेको छ । ट्रिनबागो भने सबै खेलमा जित हात पार्दै १२ अङ्कका साथ पहिलो स्थानमा छ।

जारी प्रतियोगितामा सन्दीप लामिछानेले नौ विकेट लिइसकेका छन् । उनले ६ वटै खेल खेल्न पाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.