नेमारसहित पिएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

नेमारसहित पिएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

१८ भाद्र, एजेन्सी ।
फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइनका तीन जना खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो । तर नाम खुलाइएको थिएन। तर अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित एन्जेल डी मारिया र लियन्द्रो परअरदेसमा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले पिएसजीका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।  इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको क्लबले जनाएको छ । तीन जना पेरिस सेन्ट जर्मेइनका खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ र उनीहरूले उपयुक्त स्वास्थ्य मापदण्डको पालना गर्ने गर्नेछन् ।

अब सबै खेलाडी, प्रशिक्षक र सबै सदस्यको पनि कोरोना परीक्षण गरिने छ, विज्ञप्तिमा भनिएको छ । फ्रान्समा नयाँ सिजनको लिग वान फुटबल सुरु भइसकेको छ । जसमा पिएसजीले पहिलो खेल खेल्न बाँकी नै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.