इंग्ल्याण्डसँगको अन्तिम टी ट्वेन्टीमा अष्ट्रेलिया पाँच विकेट विजयी

इंग्ल्याण्डसँगको अन्तिम टी ट्वेन्टीमा अष्ट्रेलिया पाँच विकेट विजयी

२४ भदौ, एजेन्सी । इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टी ट्वेन्टी अष्ट्रेलियाले पाँच विकेटले जितेको छ ।

इंग्ल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेट गुमाएर तीन बल अघि नै भेटायो । उसका लागि एरोन फिन्च र मिचेल मार्सले समान ३९र३९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

उसका जोनी ब्रेस्टोले सर्वाधिक ५५ रन बनाए । तीन खेलको श्रृंखला यसअघि नै इंग्ल्याण्डले जितिसकेको छ । इंग्ल्याण्ड र अष्ट्रेलियाबीच आगामी शुक्रबारदेखि तीन खेलको एकदिवसीय श्रृंखला सुरु हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.