Nepal Times
Nepal Times
3
Shares

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, २६ कात्तिक ः ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको छ ।

सिंहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो ।
ठक्कर दिँदा घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिनुभयो । ट्याक्सीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

 रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.