×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

चुनाव हारेर पनि जितेका लौहपुरुषको कथा

३१ भाद्र २०७८

३१ भदाै, काठमाडाैँ ।

सत्तारुढ दल नेपाल कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुशार वडा अधिवेशन सुरु भईसकेको छ । वडा अधिवेशनसहित गाउँ नगर प्रदेश हुदै केन्द्रीय समितिसम्म विभिन्न पदमा निर्वाचनमार्फत पदाधिकारी छनौट हुनेछन् । निर्वाचनमा हार र जित एक निश्चित छ । तर भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । यसो भनिरहदा हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहीँ होइन । कांग्रेस भित्र हारेर पनि जित्नेहरुको भन्दा बढी चर्चा हुने ब्यक्तिहरु पनि छन् । नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेद्वारको सधैँ चर्चा हुने गरेको छ ।

Advertisement
Advertisement

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली काँग्रेस भित्र पाचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ । अधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित ग¥यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिष्पर्धामा थिए । त्यसको तीन वर्षपछि सम्पन्न छैठांै महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो । उनले जीवनमा एकपटक मात्रै पदको आकंक्षा देखाए , त्यो हासिकेपछि गणेशमानले कहिल्यै पनि सभापतिको आकंक्षा देखाएनन् । उनले त्याग र मात्रै संघर्ष गरिरहे ।

गणेशमानजीले जीवनमा एकपटक त्यही बेला पदको आकांक्षा देखाए । यसपछि कहिल्यै सभापतिको आकांक्षा देखाएनन् । त्याग मात्रै संघर्ष मात्रै । काँग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो ।

‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिष्पर्धा थियो । जिल्ला जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकारले मतदान गराइयो । आकाशवाणी रिर्पोट आउँथ्यो । त्यो चुनाव सुवर्णले जितेभने गणेशमानले हार्नपुगे । काँग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशन बाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गरेका थिए ।

अर्कोतिर सभापतिका उम्मेद्वार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेद्वारी नै दिएनन् । त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर काँग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो । बिपीबिरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिएका थिए । त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरुमाथि प्रतिवन्ध लगाइयो ।

‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ । त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् उ सभापति हुन्छ । हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ । यसलाई काँग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ । त्यसैले एक अर्कोको अस्थित्व स्वीकार गरेर जानुपर्ने उनीहरुको सुझाव छ ।

त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुप¥यो । झापामा सम्पन्न आठांै महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए । नवांै महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिष्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिए । एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिए ।

यसबीच नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा उत्रिए । सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट काँग्रेसको सभापति बने । काँग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन् । तर पनि काँग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम काँग्रेसजनबीच सधैँ भइरहन्छ । अहिले १४ औ महाधिवेशनमा पनि सभापति देउवा लगायत विमलेन्द्र नीधि, रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला डा शेखर कोइराला, डा शंशाक कोइराला लगायतले दावेदारी प्रस्तुत गरेका छन् ।यी आकाक्षी भित्र पनि कांग्रेसजनले गणेशमानको जस्तो त्याग खोजिरहेका छन् । जुन पाउन भने मुस्किल देखिएको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top