×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक रुपैयाँ चन्दा उठाएर पाइलट, सपना यसरी पनि पूरा हुन्छ

२९ श्रावण २०८१

२९ साउन , विराटनगर ।

सपना रातमा पनि देखिन्छ, दिनमा पनि । भनिन्छ सपना देख्नेहरुले मात्रै लक्ष्य हासिल गर्न सक्छन् । आफ्नै जीवनकालमा मानिसहरुले यथासम्भव परिवर्तन भोग्न पाउन् भनेर लक्ष्य किटान गरेर यात्रा गर्नु र त्यो लक्ष्य पूरा गर्न दिनरात एक भएर लाग्नु नै परिवर्तनकारीले देख्नुपर्ने सपना हुनुपर्छ। आफ्नो गन्तव्य, लक्ष्य वा जीवनप्रतिको आशा, भविष्यको निम्ति संगालिने आकांक्षाको अर्थमा मानिसले सपनालाई प्रयोग गर्ने गरेका छन्।

यसैले भनिन्छ सपनाविहीन मानिस नै हुँदैनन्। मेरो जीवन यस्तो हुनेछ, अथवा म यस्तो बन्नेछु जस्ता आकांक्षा मान्छेले संगाल्छ, त्यो नै वास्तविक जीवनको सपना हो। जसलाई पूरा गर्न मानिसले दृढ इच्छा शक्तिका साथ योजनावद्ध रुपमा कर्मवीर बनेर आफ्नो मिहिनेतलाई नै विश्वास गर्नुपर्ने हुन्छ ।यस्तै सपना देखेर त्यो सपना पूरा गर्ने बाटोमा लम्किरहेका एक युवा हुन् दीपेन्द्र घिसिङ ।

दीपेन्द्र परिवारको आर्थिक अवस्था दयनीय भएकै कारण सानैदेखिको पाइलट बन्ने सपना साकार गर्न एक रुपैयाँ अभियान सञ्चालन गरेका युवा हुन् । दोलखाको बैतेश्वर गाउँपालिका–२ मूलाबारीका दीपेन्द्र घिसिङले पाइलट पढ्नका लागि भन्दै एक रुपैयाँ अभियानमार्फत् सहयोग संकलन गरेका छन् । यही अभियान मार्फत नै उनले ७० लाख भन्दा बढी सहयोग संकलन गरेका छन् ।

पाइलट पढ्नका लागि आवश्यक बजेट जुटाइसकेका घिसिङलाई उनको सपना पूरा गर्ने अवसर पनि अमेरिकाले जुटाइदिएको छ । उनको अमेरिकी भिसा स्वीकृत भएको छ । यो खुशीको अबसर दीपेन्द्रले सामाजिक संजालमार्फत साटेका छन् । उनी आफू पाइलट बनेर नेपाल त आउने नै छन् । यस अवधिमा उनले आफू जस्तै विद्यार्थीहरुका सपना पूरा गर्न पनि लाग्ने बताएका छन् ।

उनले लेखेका छन्,

अन्त्यन्तै खुसीको खबर !!
अन्तत ः अमेरिकाले मेरो पाइलट अध्ययनको लागि भिसा स्वीकृत गरेको छ भिसासंगै अब मेरो पढाइको लागि सबै बाटो खुलेको छ। म भन्दा भाग्यमानी अरु को हुन सक्ला त यो क्षणमा जब , भिसा अफिसरले समय लिएर ध्यानपूर्वक मेरो “ अध्ययनका लागि १ रुपियाँ अभियान “ को बारेमा सुनेर बसे र अभियानकै कारण सजिलै भिसा पनि पाएँ । जाने वेला उहाँले सोध्नुभयो ,आगामी पाँचवर्षमा आफूलाई कहाँ देख्छौ भनेर । मैले जवाफ दिएँ “ म नेपाली ध्वजावाहक नेपाल वायुसेवाको जहाज उडाइरहेको हुन्छु , सारा नेपालीको “ हाम्रो पाइलट “ हुनेछु र सबैलाई पढ्न , अधि बढ्न प्रेरित गर्दै अरु म जस्तै विद्यार्थीको लागि अभियान चलाउँदै गरेको हुन्छु “ अखिर हामीले कहिल्यै हार मान्नु हुँदैन रहेछ र सधैँ कर्म र मिहिनेतमा विश्वास गर्नुपर्छ अनि आफ्नो कमजोरीलाई नै आफ्नो तागत बनाउनुपर्छ । सबैलाई धन्यवाद शब्दमा होइन , आफ्नो कामले दिनेछु ।

दोलखाको विकट गाउँ मूलाबारीमा जन्मेका दीपेन्द्र सानै छँदा उनका बुवाले दोस्रो बिहे गरे। त्यसपछि उनी आमासँगै मामाघरमा बस्न थाले। त्यहीँको बोर्डिङ पढ्न थाले। आफ्नो पढाइको लागि आमाले धेरै दुःख गरेको सम्झिँदै उनले भने, ’आमाले मेरो लागि धेरै दुःख गर्नुभएको छ। त्योबेला अरूको छोराछोरी बोर्डिङ पढेको देखेर मलाई पनि बोर्डिङ नै पढाउनुभयो। मलाई पढाउनका लागि उहाँ रक्सी बेच्नुहुन्थ्यो। रक्सी बेच्नका लागि उहाँ दुई तीन घण्टाको बाटो हिँड्नुहुन्थ्यो।’

आमाको दुःख बुझेका दीपेन्द्र सानैदेखि नै पढाइमा तेज थिए। आठ कक्षासम्म गाउँमै पढेका उनी त्यसपछि भने काठमाडौं आफन्तकहाँ बसेर पढ्न थाले। लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयबाट २०७४ सालमा एसइई दिएका उनी ३.७५ जिपिए, ’ए प्लस’ ल्याएर उत्तीर्ण भए। एसइईमा राम्रो अंक आएपछि उनले विज्ञान विषय लिएर पढ्ने सोच बनाए।

उनले यो कुरा आमालाई सुनाए। तर आमा त्यतिबेला दोस्रो बिहे गरेर अर्काको घर गइसकेकी थिइन्। त्यसपछि उनले बुवासँग कुरा राखे। उनी बुवा र कान्छी आमासँग बसेर पढ्न थाले। उनले बौद्धकै अरुणिमा कलेजमा भर्ना गरे। सुरूका केही दिन उनलाई बुवा र कान्छी आमा दुबैबाट राम्रो व्यवहार भयो। तर उनकै विषयमा बुवा र कान्छी आमाबीच खटपट सुरू भयो ।

त्यसपछि उनी आफै कोठा भाडामा लिएर बस्न थाले। कोठामा बस्न थालेपछि उनी एउटा स्कुलमा पढाउन थाले। जसल उनको क्याम्पसको पढाइ रोकियो । उनी कोठाभाडा तिर्न र खाना स्कुल र रेस्टुरेन्टमा काम गर्न थाले । पछि कोरोनाकालमा जसोतसो गरेर कलेजको शुल्क बुझाएपछि उनले परीक्षा दिन पाए ।

जुन परीक्षामा उनले ३.२२ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण गरे। त्यसपछि पाइलटको सपना पूरा गर्ने लक्ष्यमा उनी जुटे । तर त्यसका लागि चाहिने पैसा जुटाउनु नै उनका लागि सबैभन्दा ठूलो चुनौतीको पहाड बन्यो । उनले तीनै तहका सरकार धाए । तर छात्रबृत्ति डाक्टर र इन्जिनियरका लागि मात्रै पाइने भएकाले उनले पाइलट पढनका लागि कतैबाट सहयोग पाएनन् ।

यद्यपि उनले आफ्नो सपना भने टुट्न दिएनन् । यस्तो अवस्थामा नै उनले ’एक रुपैयाँ अभियान’ को सुरुवात गरेका थिए । उनले योजना बनाएको केही महिनापछि सामाजिक संजाल फेसबुकमार्फत एक रुपैयाँ अभियानको घोषणा गरेका थिए । उनले अभियान सुरु गरेको ४ महिनामै ६१ लख सहयोग संकलन गरिसकेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top