२१ भदौ , काठमाण्डौ ।
अमेरिकी सुरक्षा फोर्सको विशेष टोलिले सन् २०११ मा अल कायदा प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा पुगेर मार्न सफल भएको थियो । यसका लागि विशेष अपरेसन संचालन गर्दै ओसामासम्म पुगेर उनलाई समाप्त गरिएको थियो ।
लादेनलाई मार्ने टोलीबारे अहिले एउटा चकित पार्ने दाबी आएको छ । सो दाबीमा भनिएको छ, डोनाल्ड ट्रम्पले पहिलो कार्यकालमा ओसामा बिन लादेनलाई मार्ने टोलीलाई उत्तर कोरियामा गोप्य मिशनमा पठाएको थिए । तर त्यो मिशन त्यहाँ सफल भएन ।
मिरर पत्रिकाको रिपोर्ट अनुसार, अमेरिकी राष्ट्रपतिले छ वर्षअघि परमाणु वार्ता चलिरहँदा सुनुवाइ उपकरण लगाउने योजनालाई स्वीकृति दिएका थिए । उत्तर कोरियाका नेता किम जोंग उनबारे भित्री जानकारी लिने यो मिशनको योजना थियो ।
यो योजना असफल रह्यो किनकि सैनिकहरूले नागरिकको हत्या गरे । यद्यपि आधिकारिक रूपमा यो मिशनको विवरण दिइएको छैन । तर रिपोर्टमा दाबी गरिएको छ कि ’सील्स’ले महिनौं तयारी ग¥यो । उनीहरुलाई चेतावनी दिइएको थियो कि सानो गल्ती पनि विनाशकारी हुन सक्छ ।
मिशनको योजना गर्दा टाढाको एक सुनसान स्थान छानिएको थियो ताकि उनीहरु कसैको नजरमा नआउन् । टोलीले सही समय निर्धारण गर्न महिनौं खर्च गर्यो । रिपोर्टले भन्यो कि अपरेशनको लक्ष्य सरल थियो । आठ जना सील्सले गोता लगाएर सुनुवाइ गर्ने उपकरण लगाउने र बिना कुनै चिह्न छोडी समुद्रमा फर्कने ।
जसै टोलीले कालो वेटसूट, नाइट–भिजन गगल्स, हतियारहरु र गोला–बारूदका साथ जमीनमा कदम राखे, उनीहरुले तत्कालै त्यहाँ केही गडबडी भएको चाल पाए । अर्थात सो बेला अमेरिकी टोली एक्शनमा आउनासाथ एक उत्तर कोरियाली डुंगा अचानक उनीहरुका सामुने आयो ।
उनीहरुले बालेको टर्चको उज्जालो पानीमा पर्यो । अनि त्यसपछि डुंगाबाट आवाज सुनियो, जसमा चालक दलका एक सदस्य पानीमा हाम्फाल्दाको आवाज थियो । अमेरिकीहरुले ठाने कि किमका सुरक्षा बलले उनीहरुलाई देखे । त्यसपछि गोली प्रहार गरे ।
यसमा डुंगामा सवार तिनै जनाको मृत्यु भयो । त्यसपछि सील्सले फिर्ता आउने निर्णय लिए । तर गोलाबारीमा मारिएकाहरु आम नागरिक थिए र अमेरिकीहरुले सुन्नका लागि राख्ने भनिएको उपकरण पनि लगाउन पाएनन । यो मिशन प्रायः गोपनीयता कानुनमा आउँछ, त्यसैले जानकारी कमै पाइन्छ ।
मिररले व्हाइट हाउस र अमेरिकी नौसेनासँग टिप्पणी माग्दा ट्रम्पले आफूलाई यस मिशनबारे थाहा नभएको बताएका छन् । यसैबीच अहिले फेरि विदेश नीतिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै घरमा समेत घेरिन थालेका छन् ।
उनले केही समयमै धेरै देशमा भारी ट्यारिफ लगाएका छन् । यसले विश्वमा ठूलो परिवर्तन ल्याएको छ । ट्रम्पको यो कदमका कारण उसका हिजोसम्म मित्र देश भनेकाहरु पनि अब चीन तर्फ रुझान देखाउन थालेका छन् । हालैको एससीओ शिखर सम्मेलनमा पनि भारतीय प्रधानमन्त्री पुगेका बेला बेजिङमा ठूलो सैन्य परेडमा रूस, इरान, उत्तर कोरियाका नेताहरू एकसाथ थिए ।
प्रसिद्ध पत्रकार र विशेषज्ञ फरीद जकारियाले यसले ट्रम्पको विदेश नीतिका असफलता देखाउँछ भनेका छन् । वाशिङ्टन पोस्टमा लेख्दै जकारियाले लेखेका छन्, ‘एससीओ शिखर सम्मेलनमा चीनले भारत, टर्की, भियतनाम र इजिप्ट जस्ता राष्ट्रका नेताहरुलाई आतिथ्यता दियो ।
यी सबै देशलाई केही महिना अघि मात्र पनि बेजिंगको भन्दा वाशिङ्टनको नजिक मानिन्थ्यो । तर ट्रम्पका ट्यारिफ र आक्रामक वक्तव्यले यी देशहरूलाई अमेरिकाबाट टाढा र चीनतर्फ धकेलेका छन् । यसको अर्थ यो आधुनिक विदेश नीतिको सबैभन्दा ठूलो आत्मघाती प्रहार हुनसक्छ।
ब्रिक्स समूहका मुख्य पाँच देश ब्राजील, रूस, भारत, चीन र दक्षिण अफ्रिका हुन् । यी मध्ये ब्राजील, भारत र दक्षिण अफ्रिकाले अमेरिकासंग राम्रो सम्बन्ध राखेका थिए । रूस र चीनले यो संगठनलाई अमेरिकाविरोधी बनाउन खोजे पनि यी देशले त्यो विरोध गरेका थिए ।
दशकौंसम्म वाशिङ्टनले पनि यी तीन देशसंग राम्रो सम्बन्ध राखेको थियो, तर ट्रम्पले यी सबैलाई पनि दुश्मन बनाए । ट्रम्पले भारतमा सबैभन्दा बढी ट्यारिफ लगाएका छन् । ब्राजीलमा पनि उस्तै ट्यारिफ लगाएका छन् । ब्राजीलका अधिकारीहरूलाई प्रतिबन्ध र भिसा प्रतिबन्ध लगाइयो ।
दक्षिण अफ्रिकाले ३० प्रतिशत ट्यारिफ, विदेशी सहायता र सरकारी अधिकारीहरूमा प्रतिबन्धको सामना खेपिरहेको छ । यसले ती देशहरूमा अमेरिकीप्रति आक्रोस बढाएको छ । फरीद जकारियाका अनुसार ट्रम्पको नीतिमा कुनै रणनीतिक औचित्य छैन । जसले यी देशहरूले अमेरिकाबाट दूरी बनाएका छन् ।
यही समयमा चीनले ती देशलाई आकर्षित गर्दैछ । चीनले ब्राजीलसँग प्रशान्त र अटलान्टिक तट जोड्ने रेल नेटवर्क योजना तयार गरेको छ । चिनियाँ राष्ट्रपतिले सात वर्षपछि भारतीय प्रधानमन्त्रीलाई चीन बोलाउन सफल भएका छन । व्यापार र सहयोगबाट दक्षिण अफ्रिकालाई पनि चीनले नजिक ल्याइसकेको छ ।
यता ट्रम्प प्रशासनले भन्छ कि अमेरिकी राष्ट्रपति राम्रो सम्झौताका लागि कडा बोली बोल्न रुचाउँछन् । तर प्रष्ट छ कि उनीहरूको नीतिले सामान्य जनतालाई दुख दिएको छ र रोजगारी गुमेको छ । यी सम्झौतामा पुनः वार्ता भए पनि सम्झनाहरू ताजा रहनेछन् । ती देशले सँधै सम्झनेछन् अमेरिकी व्यवहार कति खराब हुन सक्ने छ ।
अहिले अमेरिकी विदेश नीति एक व्यक्तिको मनोमानी अपमान, उपेक्षा र वैचारिक उत्साहको संग्रह बनेको छ । प्रायः ट्रम्पलाई साना देश मन पर्छन्, जहाँ उनी दबाब दिन सक्छन् वा आफ्नो वैचारिक साथीहरू हुन्छन् । उनलाई ठूला लोकतन्त्रहरू जसमा राजनीतिक संघर्ष, अहंकार र राष्ट्रवाद हुन्छन्, उनीहरुसंग ब्यवहार गर्न मन पर्दैन ।
ट्रम्पको नेतृत्वमा अमेरिकाले अल साल्भाडोर, हंगेरी, पाकिस्तान र खाडी क्षेत्रका देशसँग मित्रता कायम गरेको छ । अर्कोतर्फ भारत, ब्राजील, दक्षिण अफ्रिका, मेक्सिको, क्यानडा र यूरोपका अधिकांश देशसँग ट्रम्पको झगडा बढ्दो छ । ती देशप्रति ट्रम्पको रिस अझ खुल्ला हुँदैछ ।
ट्रम्प भन्छन् कि चीन, रूस र उत्तर कोरिया अमेरिकाविरुद्ध योजनाहरू बनाइरहेका छन् । तर उनको नीतिहरूको प्रभाव हेर्दा देखिन्छ कि ट्रम्प आफैंले धेरै पटक अमेरिकी हित र मूल्यलाई कमजोर पारेका छन् ।