×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

२७ मंसिर २०८२

२६ मंसिर , काठमाण्डौ ।

हास्यकलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले श्रीमती कुन्जना घिमिरे सुन्तली र छोरीसहित अमेरिका उडेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका कारण आफूहरूले भोगेको सास्ती, आर्थिक संकट र राज्यबाट भएको असहयोगबारे सार्वजनिक रूपमा वकपत्र जारी गर्दै धुर्मुसले निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको बताएका छन् ।

Advertisement
Advertisement

२०७२ सालको महाभूकम्पपछि सामाजिक कर्ममा होमिएका कट्टेलले क्रिकेटप्रेमी जनताको आग्रह र तत्कालीन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित सबै नेताहरूको प्रोत्साहनमा रंगशाला निर्माणमा जुटेको बताएका छन् ।

भरतपुर महानगरपालिकाले अगुवाइ लिन अनुरोध गरी जग्गासमेत उपलब्ध गराएको र महानगरसँग भएको सहमतिपत्रमा स्रोत जुट्न नसके दायित्व दुवै पक्षको रहने उल्लेख रहेको उनको भनाई छ। तर, ६९ करोड कबोल भएको महायज्ञबाट जम्मा ९ करोड ४१ लाख मात्र उठ्यो।

सरकारी निकायबाट प्रतिबद्धता गरिएका ठुला रकम पनि निकासा नभएको उनले गुनासो गरेका छन्। उनले लेखेका छन्, ‘३० करोड कबोल गरेको बागमती प्रदेश सरकारले ३ करोड मात्र दियो। फाउन्डेसनले करिब ६० करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी महानगरलाई हस्तान्तरण गरे पनि महानगरको अडिट रिपोर्टअनुसारको १८ करोड ४३ लाख रुपैयाँ बक्यौता रकम भने भुक्तानी भएन।’

उनले राज्यले सम्पत्ति सकार्न मिल्ने तर दायित्व सकार्न नमिल्ने अवस्थालाई ’विडम्बना’ भनेका छन्। रंगशालाको काममा अख्तियारसम्मबाट ’क्लिन चिट’ पाएर पनि आफूलाई ’ठग’ को उपमा दिइएकोमा उनले दुःख व्यक्त गरेका छन्।

उनले महानगरलाई स्वामित्व हस्तान्तरण गर्दा दायित्व एक महिनाभित्र फरफारक गर्ने प्रतिबद्धता जनाइएको भए पनि त्यो पूरा नभएको बताएका छन्। केन्द्र सरकारबाट पटकपटक मन्त्रिपरिषद्ले निर्णय गरेर उपलब्ध गराउने भनिएको अनुदान र बजेटमा राखिएको रकम समेत प्रक्रियागत त्रुटि र सरकारी निकायको टालटुले नीतिका कारण पटकपटक फ्रिज भएर फिर्ता गएको उनले स्पष्ट पारेका छन्।

पाँच वर्षसम्म प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीको दैलो धाउँदा पनि समस्या समाधान नभएपछि आफू शारीरिक र मानसिक रूपमा थकित बनेको जिकिर गरेका छन्। यही तनावका बिच छोरी सुविहानीको जटिल स्वास्थ्य समस्या (म्यानेन्जाईटिसका कारण खुट्टा छोटो हुनु) को उपचारमा समेत ढिलाइ भयो।

छोरीको उच्च प्रविधियुक्त र सुरक्षित उपचार नेपालमा सम्भव नभएको र आर्थिक हैसियत कमजोर भएपछि बाध्य भएर अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ मार्फत निःशुल्क उपचार सुविधा लिन उनी अमेरिका गएको उल्लेख गरेका छन्।

कट्टेलले आफू भागेको नभई परिस्थितिको दास बनेर बाध्यताले अमेरिका जानुपरेको र छोरीको उपचारपछि नेपाल फर्केर कलाकारितामा लाग्ने बताएका छन्। उनले राज्यले रंगशालाको समस्या समाधान गरी आफूहरूलाई कलाकारितामा फर्किने वातावरण बनाइदिन विनम्र अनुरोध गरेका छन्।

‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन,’ उनले भनेका छन् । ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ ले ईबी–१ए (रोजगारमा आधारित, पहिलो प्राथमिकता, वर्ग ’क’) लाई जनाउँछ।

यो कार्ड विज्ञान, कला, शिक्षा, व्यवसाय वा खेलकुदका क्षेत्रमा निरन्तर राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेका व्यक्तिहरूका लागि हो। यसका लागि आवेदकले उत्कृष्ट उपलब्धि (जस्तैः कुनै ठूलो पुरस्कार जितेको वा १० वटा मापदण्डमध्ये कम्तीमा ३ वटा पूरा गरेको) को प्रमाण पेस गर्नुपर्छ र अमेरिकामा आफ्नो कामलाई निरन्तरता दिने मनसाय देखाउनुपर्छ।

यो भिसा श्रेणीले श्रम प्रमाणीकरण वा जागिरको प्रस्ताव बिना नै स्थायी बसोबास प्राप्त गर्ने बाटो प्रदान गर्दछ। उनको आफ्नो कामको मुल्याङन नभएको भन्दै के सिंहदरबार अगाडि आत्मदाह नै गर्नुपर्ने थियो ? भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन् ।  यो बीचमा हामीले गरेको कामको विभिन्न सरकारी निकायबाट आधा दर्जनपटक अनेक नामका छानविन भए । कहीँ कतै पनि कैफियत देखिएको छैन । एक रुपैयाँ पनि हिनामिना भएको प्रमाण भेटिएको छैन । अख्तियारदेखि सतर्कता केन्द्रसम्मले क्लीन चिट दिएका छन् । तर, पनि कतिपयले अझै पनि ‘ठग’ को उपमा दिन छाडेका छैनन् । आफ्नो पेशा–व्यवसायलाई थाँति राखेर, जहान परिवारप्रतिको दायित्व पन्छाएर राष्ट्रका लागि केही गर्न भनेर हिँड्दा हामीले पाएको ‘पुरस्कार’ यही हो त ? हो, हामीले रंगशाला निर्माणलाई टुंगोमा पु¥याउन सकेनौं । तर, सबै प्रयास त लगाएका हौं नि । जनसहयोग जुटाएर करिब ६० करोड रुपैयाँ बराबरको सम्पति राज्यलाई दिएका पनि त हौं नि । के हाम्रो कामको अलिकति पनि सकारात्मक मूल्यांकन हुनु पर्दैन ? के हामीले प्रेमप्रसाद आचार्यझैं न्यायका लागि सिंहदरबार अगाडि आत्मदाह नै गर्नुपर्ने थियो ? धुमुर्सले मौखिक प्रतिबद्धतालाई विश्वास गर्नु नै आफ्नो भूल भएको समेत उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, २०७५ साल माघ १६ गते भरतपुर महानगरपालिकासँग फाउन्डेसनको सम्झौता भयो । सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबै पार्टीका प्रमुख नेताहरु उपस्थित हुनुहुन्थ्यो । सबैले हामी तपाईंहरुको साथमा छौं भनेर आडभरोसा दिनुभएको थियो । भरतपुर महानगर प्रमुख रेणु दाहाल र मैले सहमतिपत्रमा हस्ताक्षर गरेका थियौं । उक्त सहमतिपत्रको बुँदा नम्बर ६ मा ‘यदि स्रोत जुट्न नसकेको खण्डमा दुवै पक्षको दायित्व रहने’ उल्लेख छ ।

राज्य संयन्त्रहरुसँग गरिएका लिखित सम्झौता र जिम्मेवार व्यक्तिहरुका मौखिक प्रतिबद्धतालाई विश्वास गर्नु नै हाम्रो भुल थियो त ? उनले यो बीचमा आफूले शारीरिक र मानसिक समस्याहरु समेत भोग्नु परेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, त्यसबेलासम्म मलाई विभिन्न शारीरिक र मानसिक समस्याहरु देखा पर्न थालिसकेका थिए । अस्पताल धाउन थालेँ । प्राकृतिक चिकित्सालय रजहरमा २१ दिन बसेँ । काठमाडौंमा पनि थुप्रै डाक्टरहरुसँग भेटेर परामर्श लिएँ । सबैले मानसिक तनावकै कारण एन्जाइटी भएर यी लक्षण देखिएको बताउनुभयो । म आफ्नो उपचार सँगसँगै रंगशालाको संघर्षमा एकैपटक लाग्नुपर्यो ।

उनले ५ वर्ष घुमाएर अन्त्यमा रित्तो हात पठाइएको भन्दै आफू थप लड्न नसक्ने स्थितिमा पुगेको पनि उल्लेख गरेका छन् , अर्थ मन्त्रालयको जवाफी पत्रमा भरतपुरमहानगरले चित्त बुझाएन । फेरि खेलकुद मन्त्रालय र कानून मन्त्रालयको चिठी चाहिन्छ भन्न थाल्यो । त्यो चिठी लिन आफैं काठमाडौं आँए । खेलकुद मन्त्रीलाई भेटेर बिन्ती बिसाएँ । अनि, खेलकुदको चिठी लिएर फेरि भरतपुर गएँ । अब चाहिँ हुन्छ कि भन्ने थियो । तर भएन । बोर्डको वैठकबाट तत्काल निर्णय नगरी फेरि प्रधानमन्त्री कार्यालयमा, अर्थ मन्त्रालयमा मिटिङ गर्नुपर्ने भन्न थालियो । मैले जति अनुरोध गर्दा पनि सुनुवाइ भएन । सप्लायर्सहरुले मलाई घेर्न थाले । सबै तिरबाट हार खाएर म महानगरबाट रुँदै निस्किएँ । अब महानगर कार्यालयमा फर्केर आउँदिन भने, त्यो मेरो भावावेशको अभिव्यक्ति थिएन । मैले साँच्चै हार खाएको थिएँ । म अब थप लड्न नसक्ने स्थितिमा पुगिसकेको थिएँ । हामीलाई ५ वर्ष घुमाएर अन्त्यमा रित्तो हात पठाइयो । यता अदालतमा म विरुद्ध सप्लायर्सले हालेका १९ वटा मुद्दा विचाराधीन छन् । भरतपुर महानगरदेखि संघीय सरकारसँग मेरो प्रश्न छ, यदि आर्थिक दायित्व बहन नै गर्नु थिएन भने पटकपटक मूल्यांकन र लेखापरीक्षण केका लागि गरिएको थियो ? अनेकौंचोटी छानविनका नाममा हामीलाई ५ वर्षसम्म हदैसम्मको सास्ती किन दिइयो ? मन्त्रीपरिषदले पटक–पटक गरेको निर्णय किन कार्यान्वयन हुँदैन ? राष्ट्रिय बजेटमा समावेश भएर निकासा समेत भइसकेको रकम भुक्तानी गर्न केले रोक्यो ?

उनले रंगशालाका लागि करोडौं उधारो सामान आपूर्ति गर्ने आपूर्तिकर्ताहरुप्रति आफू लज्जित भएको बताएका छन् । उनले लेखेका छन्, मेरो विश्वास र भरतपुर महानगरपालीकासँग संझौताको कारण, देशका लागि एउटा गर्विलो संरचना उठिरहेको देखेर तपाईंहरुले सामान उधारोमा दिनुभएको थियो । तपाईंहरुको पैसा फँसेको छ, तर पनि सबैले धैर्यधारण गरिराख्नुभएको छ । यो समस्या समाधान नभएसम्म म तपाईंहरुसँगै छु र रहनेछु । भौतिकरुपमा अहिले टाढा भए पनि म यो समस्याबाट भाग्न खोजेको नठान्नुहोला । यसको समाधान नभएसम्म म पनि सुखले निदाउँन सक्नेछैन ।

उनले छोरीको स्वास्थ्य समस्याका बारेमा लेखेका छन्, म सिहंदरबार परिक्रमा गरिरहँदा छोरीको स्वास्थ्य क्रिटिकल बन्दै गयो । जन्मेको १६ दिनदेखी म्यानेन्जाईटिस जस्तो प्राणघातक रोगको शिकार भए संगै घुँडाको हड्डीमा समेत ईन्फेक्सन भएर दाहिने खुट्टाको घुँडाको कुर्कुरे हड्डी किटाणुले खाइदियो । उनको हाईट जति समय सम्म बढ्छ त्यती समय सम्म डक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने भन्ने डाक्टरको सल्लाहअनुसार पाटन हस्पिटलमा एक महिनाको बसाई सकेर १२ बर्ष अगाडी घर फर्केका थियौं । अब छोरी फाल्गुनमा १३ लाग्छिन् । अहिले छोरीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ ।उनी ४ बर्षको हुँदा उनको दाहिने खुट्टा बाङ्गो भएर नबढोस भनेर साईडबाट बढने हड्डी रोक्न दाहिने घुँडामा अप्रेशन गरेर भित्र स्टिल राखिएको थियो, जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ बर्ष ढिला भईसकेको थियो । अहिले उनलाई हिड्नमा धेरै समस्या भईसकेको, हिपको जोईन्टमा उठ्दा बस्दा दुख्न थालेको छ । यो हड्डी तन्काउने उपचार लामो अनि एकदम कष्टकर छ । बाबु–आमाको लागि सन्तानभन्दा ठूलो के हुन्छ ? आफ्नो छोरीले अरुका छोराछोरीजस्तो कुद्न र खेल्न नसक्दा बाबुआमाको मन कति बिचलित होला ? त्यसैले सबै कुरा थाँती राखेर केही समय छोरीको उपचारका लागि हामी अमेरिकामा आएका छौं ।

उनले ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’को विषय पनि खुलाएका छन् । उनले लेखेका छन्, नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्नसक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो । यो कार्डमा आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निशूल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स÷ मेडिकेडमार्फत । यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।

उनले लेखेका छन्, आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं । कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् । आएकै एक महिनामा म रंगशालाको कामले सिंहदरबार धाउन फर्किए । रंगशालाको दलदलबाट बाहिर निस्किएर मात्र हामी छोरीको उपचारका लागि अमेरिका जान चाहन्थ्यौं । भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारको लागि बाहीर जानुपर्ने भएकाले हामीलाई छिटो यो भारीबाट मुक्ति दिलाईदिनुस भनेर पटपकपटक अनुरोध गरेका थियौ तर सबै प्रयास लगाउँदा पनि कुनै उपाय लागेन । निराशा मात्र हात पर्यो । त्यसैले हामी छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहीले अमेरिका आउन वाध्य बन्यौं । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु ।

उनले नेपाल फर्किने पनि वाचा गरेका छन् । उनले लेखेका छन्, हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं । तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ।

Advertisement

उनले अन्त्यमा रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस् भन्ने नेपाल सरकारलाई अनुरोध गरेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top