×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

बझाङमा अझै गाउँभरि हलिया

२७ आश्विन २०७५

बझाङ — थलारा गाउँपालिका–६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका उनको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला उनी ४५ वर्षका थिए ।

ऋणको कथा सुनाउन बझाङको छविस पाथिभेरा गाउँपालिका उदयपुरमा भेला भएका हलिया परिवार । तस्बिर स् बसन्तप्रतापरकान्तिपुर

Advertisement
Advertisement

उनको मृत्यु भएको दुई वर्षपछि २१ भदौ २०६५ मा सरकारले हलिया प्रथा अन्त्य भएको घोषणा गर्‍यो । यो घोषणासँगै कसैले हलिया राख्न नपाउने, ऋण तिर्न नसकी पुस्तौंदेखि साहुको हलो जोतिरहेका हलियाको सम्पूर्ण ऋण आफैंले तिरिदिने र पूर्वहलियाको पुनस्स्थापनाका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा सरकारले गर्‍यो ।

जेनतेन पाँच छोराछोरी हुर्काइरहेकी गोपालकी श्रीमती ज्ञाना नेपालीलाई यो घोषणाले तरंगित पार्‍यो । उनले गुजाराको संकटबीच पनि छोराछोरीलाई स्कुल पठाउने सपना देख्न थालिन् । त्यहीबीच छोरा श्याम ९ वर्षमा टेके, साहुले पुरानो ऋण तिर्न दबाब दिन थाले ।

श्रीमानको मृत्यु भएको चार वर्ष बितिसकेको थियो । चार वर्षमा हलो नजोत्दा श्रीमान्ले लिएको ३० हजार ऋणको ब्याज बढेर १ लाख २ हजार पुगेछ । ज्ञाना ऋण तिर्न सक्ने अवस्थामा थिइनन् । साहुले सर्त तेस्र्याए, ‘त्यसो भए छोरालाई हलिया पठाऊ ।’

‘ऊ बालखै थियो, हलो समात्न जान्दैनथ्यो,’ ज्ञानाले भनिन्, ‘हलिया नपठाए वर्षको ३०-४० हजार रुपैयाँ ब्याज थपिन्थ्यो, आँसु निल्दै उसलाई साहुकोमा पठाएँ ।’ जोशी परिवारको घरमा हलो जोत्ने श्याम लगातार पाँचौं पुस्ता थिए ।

नाबालक छोरालाई हलिया बसाउँदा पनि ज्ञानाको दुस्ख भने कम भएन । सदरमुकाम चैनपुरबाट घर फर्कने क्रममा दुई वर्षअघि श्याम गाडी दुर्घटनामा परे ।

त्यसबेला भाँचिएको खुट्टामा राखेको फलामे रड अझै झिकिएको छैन । खुट्टा भाँचिएपछि श्यामले हलो जोत्न सकेनन् । ऋणको ब्याज फेरि बढ्यो । गुजारा चलाउन लिएको रकमसमेत जोडदा साहुलाई तिर्नुपर्ने ऋण ५ लाख नाघिसकेको छ । ‘थोरै काम गर्दा पनि उसको खुट्टा सुन्निन्छ,’ ज्ञानाले भनिन्, ‘साहुले कि काम गर कि ऋण तिर भन्छन् । हामी जेलमा कोचिएजस्तै भएका छौं ।’

सकसपूर्ण जिन्दगी
बझाङकै दुर्गाथली गाउँपालिका–७, गैरागाउँकी मोतीहारा दमाईका तीन छोरा, दुई बुहारी र नौजना नातिनातिनासहित १४ जनाको परिवार छ । उनीहरूको बस्ने, खाना पकाउने, खाने र सुत्ने घरको क्षेत्रफल भने दुई वर्गमिटरभन्दा बढी छैन । ‘सुत्नु त के भन्नु हजुर, बसेरै रात काट्छौं,’ मोतिहाराले भनिन्, ‘सबैजना घरमा हुँदा बस्ने ठाउँ नै पुग्दैन ।’

गैरदलित समुदायको हलो जोत्ने, लुगा सिउने, ठेकी बनाउने, छाला र आरनको काम गर्ने र त्यसबापत पाइने खलो ९अन्न० का भरमा गुजारा चलाइरहेका यहाँका २ सय ३ दलित परिवारमध्ये १ सय ६४ परिवारको अवस्था मोतीहाराको जस्तै छ । आफ्नो एक टुक्रा जग्गा नहुँदा बसेको घर अरूकै नाममा छ । स्थानीय नम्मु कामीले भने, ‘भाग्या ९मालिक० ले दिएको खलोले दुई महिना पनि खान पुग्दैन । कतै मजदुरी पाए त्यसैले गुजारा चलाउँछौं, नभए ऋण काढेर खान्छौं ।’ नम्मुका अनुसार वर्षभरि काम गरेबापत दुईदेखि पाँच क्विन्टलसम्म अन्न ९धान र गहुँ० पाइन्छ ।

गैरागाउँबाट १५ मिनेट पैदल हिँडेपछि पुगिने छविस पाथीभेरा गाउँपालिका–६, उदयपुर गाउँमा १ सय १८ दलित परिवारको बसोबास छ । तीमध्ये ९२ परिवारसँग जग्गा छैन । जिल्ला विकास समिति बझाङले २०७२ सालमा तयार पारेको ‘दलित प्रोफाइल’ मा जिल्लाभर १ हजार ६ सय ८३ परिवारसँग आफ्नो घरजग्गा नभएको, उनीहरू सबैजसो ‘हलिया’ र ‘खलिया’ रहेको उल्लेख छ ।

बझाङका १५ भन्दा धेरै गाउँमा बाजेबराजुका पालादेखिको ऋण चुक्ता गर्न साहुको हलो जोतिरहेका हलिया भेटिन्छन् । तल्कोट गाउँपालिकाको भुलवाडा, ल्वारवाडा, खौला, सुनिकोट, मस्टा गाउँपालिकाको रिलु, मस्टा, भातेखोला, डुग्राकोट, रनाडा, जयपृथ्वी नगरपालिकाको डाँडागाउँ, छयाला, भण्डार, हेमन्तवाडा, रिठापाटा, छविस पाथीभेरा गाउँपालिकाको उदयपुर, झुटेडा, ल्वाडा, ब्यासी र दुर्गाथली गाउँपालिकाको गैरामा यो संख्या ठूलो छ ।

Advertisement

यसैगरी थलारा गाउँपालिकाको बिस्खेत, मालुमेला पारा काट्ने केदारस्युँ गाउँपालिकाको बागथला, देउरा, भामचौर भैरवनाथ, बुङगल नगरपालिकाको खिरातडी, पीपलकोट देउलीकोट, खप्तड छान्ना, गडराय, लामातोला, कालुखेती, पौवागढी, पाटादेवललगायत गाउँमा ठूलो संख्यामा हलिया छन् । यी गाउँमा करिब १२ सय हाराहारी हलिया रहेको अनुमान छ । यति ठूलो संख्यामा आज पनि हलियाहरू काम गरिरहन बस्नुपर्ने बाध्यताले १० वर्षअघिको हलिया मुक्ति घोषणालाई गिज्याइरहेको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top