×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

असारे गीतसँगै रैथाने धान पनि लोप हुँदै

१५ असार २०७६

१५ असार, काठमाडौँ ।

‘न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार

Advertisement
Advertisement

हनुमान ढोका उघारी हेर्दा लागेछ असार ।।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउन्जेल
जे खानु खाइयो,जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल ।।
असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
घरमा छैन शितलु बचन, मनमा छैन थीर ।।’

कास्की, तनहुँ र स्याङ्जालगायत पश्चिमेली जिल्लामा असारमा गाइने प्राचीन असारे गीत हो यो । बढ्दो चक्लाबन्दीसँगै धान खेत मासिंदै गएपछिको अवस्थालाई पछिल्ला समयमा असारे गीतका सर्जकहरूले यसरी चित्रण गर्न थालेका छन् ।
‘झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए ।
हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।
बेसीका फाँट प्लटिङ्ग भन्दै धेरै नै मासिए ।
लेक र पहाड फाँटका खेत झाडीमा बदलिए ।।’

परम्परा र संस्कृति प्रति युवा पुस्ताको अनाकर्षण बढ्दै जाँदा परम्परागत असारे गीत त लोप भएका छन् भनै तिनताका लगाउने गरिएका रैथाने औषधीय गुणयुक्त धानका बीउ पनि लोप हुँदै जानु यतिखेर चिन्ताको विषय बनेको छ ।

तालैतालले भरिएका कास्की जिल्लाका अधिकांश स्थानमा पाइने जङ्गली धान नाभो लगभग लोप भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । धानको अति प्राचीन प्रजाति नाभोबाटै विस्तारै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननी मानिन्छ ।

पछिल्ला वर्षमा धेरै रैथाने जातका धान विस्तारै हराउन थालेपछि राज्यस्तरबाटै तिनीहरूको संरक्षणको पहल शुरु भएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख तुलबहादुर पुनले जानकारी दिए ।

रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिएको छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित जिन बैंकमा राख्ने गरिएको छ ।

रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथ नगरपालिकाको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल थालिएको छ ।

उक्त केन्द्रले धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरेको छ । रैथाने जातको संरक्षणका लागि पछिल्लो समय कृषक पनि सक्रिय बनेका छन् ।

उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेको कृषकहरू बताउँछन् ।

रसायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको कास्कीको पटनेरीका कृषक निलकुमार श्रेष्ठले बताए । ‘आजभन्दा १०÷१५ वर्ष अघिसम्म पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गथ्र्यो,’ उनले भने, ‘अहिले भान्छामा पनि बास्ना आउन छोडेको छ ।’

पछिल्लो समयमा बढ्दो रसायनिक मलको प्रयोगका साथै उत्पादन बढाउने बर्णशङ्कर जातका धानको बीउ बढी प्रयोग हुन थालेको उनले बताए । कास्कीका ताल तलैयाको छेउमा लगाइने गरेका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेको उनले बताए ।

समुद्री सतहबाट करीब ३०० मिटरदेखि ६०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेको छ ।

नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको कृषक बताउछन् ।

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् ।

पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।

पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ । बढ्दो शहरीकरण, चक्लाबन्दी आदिका कारण समस्या बढ्दै गएको अर्का कृषक दधिराम सुवेदीले बताए । रैधाने औषधीय गुणयुक्त धान हराउँदै गएको र नयाँनयाँ जातका हाइब्रिट धानको उत्पादन बढेको वास्तविकतामा यसले मानवीय स्वास्थ्यमा पनि प्रभाव पार्दै गएको उनको भनाइ छ ।

Advertisement

–वासुदेव पौडेल /रासस

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top