NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

चलचित्र पर्यटन: छायाङ्कनका लागि नेपाल

बिहिबार मंसिर २६ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
चलचित्र पर्यटन: छायाङ्कनका लागि नेपाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ मंसिर, काठमाडौँ । 

मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाल चलचित्र पर्यटनका लागिसमेत आकर्षक गन्तव्य हो ।

नेपालको यही विविधतालाई विश्वसामु पु¥याउने प्रयास प्रभावकारी नहुँदा विदेशी चलचित्रकर्मीको आकर्षण भने न्यून छ । सरकारले नीति तथा कार्यक्रममा नै ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ समावेश गरेर चलचित्र पर्यटनको विकास गर्ने योजना अघि सारेको छ ।

Advertisement

चलचित्र छायाङ्कनका लागि प्राकृतिक स्टुडियो झैँ लाग्ने नेपालको विविधताबारे बाह्य देशका चलचित्र निर्माता र निर्देशकमाझ जानकारी दिई उनीहरुको ध्यान आकर्षित गराउन सके मुलुकले लिएको समृद्ध नेपालको लक्ष्य पूरा गर्न सकिने चलचित्रकर्मी बताउँछन् ।

प्राकृतिक सुन्दरताले भरिएको नेपालका बारेमा उचित प्रचारप्रसार नहुनु र भौतिक संरचना बनाउन नसक्नुलाई प्रमुख चुनौती मानिँदै आएको छ । यद्यपि काभ्रेमा २४ रोपनी क्षेत्रफलमा सरकारीतहबाट छायाङ्कन स्टुडियो बनाउने प्रक्रिया हुनुलाई चलिचत्रकर्मीले सकारात्मक सङ्केतका रुपमा लिएका छन् । निजी क्षेत्रको पहलमा लमजुङमा पनि चलचित्र छायाङ्कन स्थल निमाणको प्रक्रिया थालिएको छ ।

नेपाल चलचित्र विकास बोर्डले हालै मात्र विश्वका चलचित्रकर्मीमाझ नेपालको परिचय झल्काउने गरी ‘लोकेसन गाइड बुक’ (फिल्मिङ इन नेपाल) प्रकाशन गरेर नेपाललाई छायाङ्कन गन्तव्यस्थलका रुपमा विकास गर्ने सरकारी योजनामा इँटा थप्ने काम गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न त्यसको पूर्वसन्ध्यामा नेपालको आकर्षक गन्तव्यको परिचय दिने गरी प्रकाशन गरिएको पुस्तकले चलचित्र पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको बोर्डका अध्यक्ष केशव भट्टराईले बताए ।

उक्त पुस्तकमा चलचित्र पर्यटनलाई विकास गर्न ६१ प्रमुख सम्भाव्यस्थलको विस्तृत विवरण खुल्ने तस्वीरसहित चलचित्र छायाङ्कन गन्तव्यस्थल समावेश गरिएको छ । अध्यक्ष भट्टराईले भने,‘सुन्दर नेपाललाई छायाङ्कन गन्तव्यका रुपमा विकास गर्न गाइड बुक बनाइएको हो, यसमा सूचनाका साथै सवारी यात्रा र हवाई यात्राको रुटबारे पनि जानकारी छ ।’ बोर्डले अब नेपालका छायाङ्कन स्थलका बारेमा पूर्ण जानकारीसहितको वेबसाइट र श्रव्यदृष्य सामग्री ल्याउने तयारी गरेको छ ।

संसारका आठ हजार मिटरमाथिका अग्ला १४ हिमालमध्ये आठ हिमाल नेपालमा छ । विश्वमै सबैभन्दा पहिले आरोहण भएको आठ हजार मिटरमाथिको हिमालमध्ये कास्कीमा रहेको अन्नपूर्ण हो । फ्रान्सेली नागरिक मोरिस हर्जोग र लुइस लेकेननले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम (८,०९१ मिटर अग्लो) आरोहण गरेका थिए । हिमाल सुन्दर र चित्ताकर्षक पनि छ ।

विश्वकै अग्लो चुचुरो (८,८४८ मिटर) सगरमाथा र विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीले विश्वकै ध्यान तानिरहेको छ । अभूतपूर्व कला र संस्कृतिको सङ्गम नेपालमा उचित वातावरण निर्माण गर्न सकिए विश्वका निर्देशक, लेखक, कवि तथा कलाकारका लागि उत्प्रेरणा जगाउने चलचित्र निर्माणको उपयुक्त गन्तव्यस्थल बन्न सक्छ । नेपाललाई विश्वकै चलचित्रकर्मीको छायाङ्कन गन्तव्यस्थल बनाउन सक्ने प्रशस्त सम्भावना छ, चलचित्रकर्मी दयाराम दाहालले भने ।

अथाह सम्भावना भएर पनि मुलुकमा जुनरुपमा विदेशी सिनेकर्मीको आकर्षण हुनुपर्ने हो, त्यो हुन नसके पनि बेलाबेलामा स्वस्फूर्त विदेशी चलचित्र छायाङ्कन हुने गरेको छ । सन् १९६५ देखि नै नेपालका दृश्यमा लोभिएर विदेशी चलचित्र छायाङ्कन गरिएको अभिलेख छ । बोर्डले हालै सार्वजनिक गरिएको पुस्तकमा नेपालमा ३८ विदेशी चलचित्र छायाङ्कन भएको विवरण प्रस्तुत गरेको छ ।

हिमाल, पहाड र तराईको विविधताले भरिएको नेपाल ताल, नदी, झरना, वनजङ्गल र वन्यजन्तु, चराचुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विकस्थल, मठ मन्दिर, गाउँपरिवेश, कला, संस्कृति, वेशभूषा र रहनसहनको अनुपम सङ्गम हो ।

मनोरम हिमशृङ्खलाले घेरिएको र प्राकृतिक छठाले भरिपूर्ण नेपालका स्थानीय जातजातिले गर्ने स्वागत सत्कार विश्वकै नौलो र आकर्षक मानिन्छ । संस्कारले भरिएका मानिस यहाँ छन् । दुर्लभ पाटे बाघ, हात्ती, गैँडाजस्ता जङ्गली जनावरको बासस्थान र स्तूप, प्यागोडा र शिखरशैलीका मन्दिर,उत्सव,चाडपर्व,जिउँदो देवीदेवता यहाँका छुट्टै पहिचान हुन् ।

चलचित्रकर्मी दाहालले नेपालका विविध पक्षलाई समेटेर ६१ वटा प्रमुख गन्तव्यको ५२२ तस्वीर समावेश गरी बनाएको ‘लोकेसन गाइड बुक’ नेपाल भ्रमण वर्षका लागि मात्रै नभई चलचित्र पर्यटनको विकासमा कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।

यसमा नेपालमा छायाङ्कन भएका विदेशी चलचित्रको विवरणसहित चलचित्र छायाङ्कनमा कसरी अनुमति लिएर काम गर्न सकिन्छ भन्ने आधारभूत जानकारी राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल जातजाती, भाषाभाषी, संस्कृति र प्रकृतिको अनुपम सङ्गम रहेकाले मुलुकको सुन्दरता, संस्कृति, कला, साहित्य र जीवन पद्दति विश्वमा लैजानु जरुरी रहेको बताए । उनले भने, ‘नेपाल ‘जीवनमा आधारित क्यान्भास’ हो, लक्ष्य प्राप्तिका लागि त्यसलाई नेपाली कूटनीतिक नियोगमार्फत विश्वका सिनेकर्मीमाझ पु¥याउनुपर्छ ।’

विदेशी चलचित्र छायाङ्कन

उचित प्रचार नहुँदा नै नेपालमा सन् १९६५ मा फ्रेन्च भाषामा विदेशी चलचित्र छायाङ्कन भएको अभिलेख छ । त्यो बेला काठमाडौँ, पाटन र स्वयम्भूमा चलचित्र छायाङ्कन गरिएको थियो । त्यसपछि पनि बेलाबेलामा विदेशी चलचित्र नेपालको दृश्य समेटेर बन्दै आएको छ ।

कोरियाका लि सेओक उनको निर्देशनमा चलचित्र निर्माता जेके योङले सन् २०१५ मा ‘द हिमालयज’ चलचित्र बनाएका थिए । सगरमाथा क्षेत्रमा उक्त चलचित्र छायाङ्कन गरिएको थियो । बेलायतका कलाकारले सन् २०१५ मै अङ्ग्रेजी भाषामा ‘एभरेष्ट’ चलचित्र बनाएका थिए । सन् २०१९ मा भारतका चलचित्र निर्देशक राजकुमार गुप्ताले ‘इन्डियन्स मोष्ट वान्टेड’ चलचित्रको छायाङ्कन काठमाडौँ, पोखरा र वीरगञ्जमा गरे ।

सन् १९६५ देखि २०१९ सम्म विभिन्न भाषाका ३८ चलचित्र नेपालमा छायाङ्कन भएको अभिलेख बोर्डसँग छ । अङ्ग्रेजी, चिनियाँ, कोरियाली, फ्रान्सेली, हिन्दी, तामिल, तेल्गु, डोल्पो (तिब्बती), क्यान्टोनिज, जापानी र स्पेनी भाषाका चलचित्र छायाङ्कन भएको थियो ।

सबैभन्दा बढी हिन्दी चलचित्र छायाङ्कन गरिएको छ । प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशी चलचित्र निर्देशक तथा निर्मातालाई आकर्षण गर्न भने नसकिएको स्वयं कलाकार नै स्वीकार्छन् । विश्व चलचित्रको बजारमा उचित जानकारी दिन सकिए वर्षमै दुई÷तीन विदेशी चलचित्र नेपालमा छायाङ्कन हुनसक्छ ।

–नारायण ढुङ्गाना/रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.