Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमण उच्च विन्दुमा, एकैदिन ५७६३ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमण उच्च विन्दुमा, एकैदिन ५७६३ जनामा संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

१४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा संक्रमण देदिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्यमा हो ।

यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो ।

संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सभापति देउवाले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको र संक्रमणसंगै आइसीयू, बेड तथा अक्सिजनको अभाव देखिन थालेको अवस्थामा सरकार गैर जिम्मेवार ढंगबाट मुखदर्शक बनेको आरोप लगाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.