२९ चैत,एजेन्सी।
बिलिउड चर्चित अभिनेता अक्षय कुमारले कोरोनाविरुद्द लड्न सरकारलाई सहयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका अक्षयले फेरी बीएमसीलाई तीन करोड रुपैयाँ सहयोग गरेका छन् ।
बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामा यसबारे आधिकारिक जानकारी दिएका हुन् । कोरोना भाइरससँग बच्न प्रयोग हुने पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् । अक्षयले सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसविरुद्ध लड्न सचेतना जगाइरहेका छन् ।