अक्सिजनको आयात बढ्दै, केही दिनमै अभाव कम हुने सरकारको दाबी

२ जेठ, काठमाडौं ।

अस्पतालमा अक्सिजनको हाहाकार भैरहेको बेला सरकारले अबको केही दिनमै अभाव कम हुने दाबी गरेको छ । आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले एक, दुई दिनमै अक्सिजन सहज हुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भैरहेको पनि बताए ।

Advertisement

यसैबीच ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट हिजो अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज अक्सिजन सिलिण्डर लिन गएराति नै चीनको राजधानी बेइजिङ गएको छ ।

Advertisement

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार सिलिण्डरसँगै चीनबाटै आठवटा अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।

निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाजले लगातार चार दिनसम्म बेइजिङबाट दैनिक ५ सय ५० सिलिण्डर ल्याइनेछ ।

यस्तै नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न ठाउँबाट पछिल्लो २४ घण्टामा ६ सय ७३ अक्सिजन सिलिण्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिण्डरमध्ये ३ सय २६ भरिएका र ३ सय ४७ खाली छन् ।

प्रहरीले हिजो सङ्कलन गरेका ६ सय ७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७ सय ६७ सिलिण्डरमध्ये ५ सय ८५ कोरोना अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल आयाल निगमले पनि तरल अक्सिजन आयात गर्ने तयारी गरेको छ । भारतबाट तरल अक्सिजन ल्याउनको लागि इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top