अजरबैजान र अर्मेनियाबीच युद्धविराम

२३ असोज ७७, शनिबार

२४ असाेज, मस्को।
अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धबिरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेश मन्त्रीले जानकारी दिएका हुन् ।

रुसी राजधानी मस्कोमा गएको करिब १० घण्टासम्म यी दुई देशबीच वार्ता भएको थियो । उक्त वार्तापछि युद्धबिरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

अब यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसी विदेशमन्त्री लाभरोभले जानकारी गराएका हुन् ।

Advertisement

यी दुई देशका बीचमा दशकौँ देखि भूमीसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ । हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यहाँ युद्ध भने जारी छ । त्यस युद्धको अन्त्यको पहलस्वरुप रुसले मध्यस्थता थालेको थियो । शनिबार पनि रुसकै पहलमा यी दुई देश युद्धविरामका लागि तयार भएका हुन् ।अर्मेनियामा रुसको सैन्य आधार शिविर पनि रहेको बताइएको छ । त्यस्तै अजरबैजानसँग पनि रुसको सम्बन्ध रहेको बताइएको छ ।

Advertisement

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ । सोही क्षेत्रलाई लिएर यसअघि पनि सन् १९९१ देखि १९९४ सम्म दुई मुलुकबीच युद्ध भएको थियो । त्यस युद्धमा हजारौँ नागरिकको ज्यान गएको थियो ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top