अझै खुल्दैनन् उपत्यकाका विद्यालय

७ मंसिर ७७, सोमबार

काठमाडौं : कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताउनुभएको छ ।

चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो । मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।

तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताउनुभयो ।

Advertisement

‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छांै।’ –उहाँको भनाइ थियो । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ ।

झन्डै एक लाख हाराहारीमा संक्रमित रहेको उपत्यकामा विद्यालय खोल्नुअघि करिब ३ हजार आइसोलेसन वेड तयार गर्ने, स्वाथ्य मापदण्डको विषयमा अध्ययन गर्ने, विद्यालयहरुको भौतिक अवस्थाबारे जानकारी लिनेलगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै विद्यालय खोल्ने वा नखोल्ने विषयमा निर्णय गर्ने महानगरले तयारी गरेको छ ।

छोराछोरीलाई विद्यालय पठाउने विषयमा अभिभावकको मुख्य भूमिका रहने भएकाले अभिभावकसँग पनि परामर्श लिनुपर्ने फोरमले जनाएको छ । ‘अहिले त टोलैपिच्छे, संक्रमित देखिन थालेका छन्, देशैभरका विभिन्न तहका व्यक्ति बस्ने राजधानीका विद्यालयको अवस्थाबारे अध्ययन नगरी हचुवाको भरमा विद्यालय खोल्ने पक्षमा मेयर फोरम नरहेको शाक्यले बताउनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अहिले नै विद्यालय खोल्न हतार नभएको तर्क गर्दै सो विषयमा गम्भीर बहस आवश्यक रहेको बताउनुभयो । ‘हामी आज सोमबार बैठक बसेर केही निर्णय गर्नेछौं, विकल्पबारे सोच्नेछौं।’ –उहाँले भन्नुभयो ।

मेयर महर्जनले विद्यालय खोल्ने विषयमा मेयर फोरमले एउटै धारणा तय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौं र ललितपुर एउटै जिल्ला जस्तो छ, काठमाडौंका विद्यार्थी ललितपुर र ललितपुरका विद्यार्थी काठमाडौंमा पढ्न जाने भएकाले सामूहिक निर्णय आवश्यक छ ।’

हाल काठमाडौं उपत्यकामा झन्डै २ हजार ५ सयको हाराहारीमा निजी तथा सरकारी विद्यालय रहेका छन् । सबै विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेपछि कसरी खोल्न सकिन्छ भन्ने विषयमा स्थानीय निकाय आन्तरिक छलफलमा जुटेको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले मन्त्रालयले जारी गरेको कार्यढाँचा काजगी घोडाजस्तो भएको तर्क गर्दै अभिभावकको सहभागिताविना तयार भएको सो सामग्रीको औचित्य नभएको आरोप लगाउनुभयो । उहाँले कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यही अवस्थामा विद्यालय खुल्न नसक्ने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनुकूलताको आधारमा विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो– ‘विद्यालय खोल्नुअघि आन्तरिक कार्ययोजना तयार पारी अवस्था विश्लेषण गर्नु आवश्यक छ ।’

यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो । कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन ।

करिब एक महिनाअघि हुम्लाका स्थानीय तहले विद्यालय खोलेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पाँच दिनअघिदेखि सबै विद्यालय बन्द गरिएको छ ।

उपत्यका मेयर फोरमले करिब तीन साता लामो कडा लकडाउन गर्न सरकारलाई सिफारिस गरेको अवस्थामा विद्यालय खोल्ने सम्भावना झिनो देखिएको छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top