अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन भन्सार विभागलाई अर्थमन्त्री पौडेलको निर्देशन

२ जेठ ७८, सोमबार

३ जेठ, काठमाडौं ।

स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन भन्सार विभागले ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ।

भन्सार प्रशासनले कोरोना महामारीमा खेलेको भूमिका सम्बन्धमा सोमबार आयोजित भर्चुअल कार्यक्रममार्फत यस्तो निर्णय गरिएको हो।

कार्यक्रम्मा अर्थमन्त्री विष्णु पौडेलसहितका छलफल कार्यक्रममा कोरोना रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिइएको हो ।

अर्थमन्त्री पौडलले नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका छन् ।

एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नु पर्ने अवस्था रहेको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न समेत सुझाव दिए ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्य सहित दैनिक रुपमा जानकारी गराउन समेत निर्देशन दिएका हुन् ।

भन्सार विभागका अनुसार केन्द्र स्तरमा हुने अधिकांश कामलाई अहिले अनलाइन प्रणालीबाट व्यवस्थित गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top