अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा विदा नपाएको गुनासो

विराटनगर : १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन सुनसरी– मोरङ औद्योगिक क्षेत्रमा कार्यरत महिलाहरुले विदा नपाएको गुनासो गरेका छन् ।

Advertisement

अखिल नेपाल श्रमिक महिला संघ सुनसरीकी संयोजक मञ्जु गरागाइले सुनसरी– मोरङ औद्योगिक क्षेत्रमा सञ्चालित अधिकांश उद्योग तथा कलकारखानाका साथै निजी क्षेत्रमा काम गर्ने महिलाहरुले श्रमिक महिला दिवसमा विदा नपाएको बताईन् । उनले यस क्षेत्रका पुरुषसरह महिलाले समान काममा समान ज्याला नपाएको गुनासो गरिन् ।

शुक्रबार सुनसरीमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा विविध कार्यक्रमको आयोजना गरिएको थियो ।सोही क्रममा गाउँपालिका र नगरपालिकामा विविध गरी दिवसमा निजी क्षेत्रमा काम गर्ने महिलाहरुले विदा नपाएको गुनासो गरेका छन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top