अपराजित रहँदै ट्रिनबागो नाइट राइडर्सले जित्यो सीपीएलकाे उपाधि

२५ भदौ ७७, शुक्रबार

२६ भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । बिहीबार ब्रायन लारा क्रिकेट एमेडेमी मैदानमा भएको फाइनल खेलमा सेन्ट लुसिया जुक्समाथि ८ विकेटको सहज जित निकाल्दै ट्रिनबागोले उपाधि उचालेको हो ।

ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । कप्तान काएरन पोलार्ड बलिङमा र ओपनर लेन्डल सिमोन्स ब्याटिङमा चम्किएपछि ट्रिनबागो आठौं संस्करणमा च्याम्पियन बन्यो । जुक्सले लिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो । जसमा सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । उनले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे । सुनिल नारिनले फाइनल नखेलेपनि अन्य खेलाडीले उनको अभाव हन दिएनन् ।

Advertisement

टिओन वेब्स्टर ५ र टिम साइफर्ट ४ रन बनाएर आउट हुँदा ट्रिनबागोले १९ रनमा २ विकेट गुमाएको थियो । तर त्यसपछि सिमोन्स र ब्राभोले शतकिय साझेदारी गरे । यी दुईले अविजित १३८ रनको साझेदारी गरे । जुक्सका स्कट कुगेलिन र रोसटन चेसले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९।१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर मार्क दयाले २९, नजिबुलल्ह जद्रानले २४ तथा रोस्टन चेसले २२ रन बनाए । जुकसलाई अलआउट गर्न ट्रिनबागोका कप्तान पोलार्डले ४ विकेट लिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिए । यस्तै अली खान र फवाद अहमदले २–२ विकेट लिए ।

Advertisement

ट्रिनबागोका ब्याटम्यान सिमोन्स फाइनल खेलको म्यान अफ दि म्याच भए । यस्तै ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए ।

ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यसबाहेक जमैका तवालज र बार्बेडोस ट्राइडेन्ट्सले समान २ पटक उपाधि जितेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top